किन दिए भगवान रामले हनुमानलाई मृत्युदण्डको सजाय ?

१९ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
12K Shares


भगवानको उच्चारण गरेपछि सबै दुःख नष्ट हुने विश्वास गरिन्छ । त्रेता युगमा भगवान रामको जन्म भएको थियो भन्ने कुरा पुराण तथा धर्म शास्त्रहरुमा उल्लेख छ ।रामायणमा रामभक्त हनुमानले पनि हरेक काम गर्दा श्रीरामको नाम जप्ने गर्दथे । उनी अनवरत रुपमा जुन सुकै काम गर्दा पनि भगवानकै नाम लिने गर्थे ।भगवान श्रीरामको नाम जप्दा हनुमानलाई कुनै पनि शस्त्रअस्त्रले छुन सक्दैनथ्यो भन्ने पुराणमा उल्लेख छ।थुप्रै रोचक कथा र प्रसङ्गहरू समेटिएको हिन्दु धर्मको पवित्र ग्रन्थ रामायणमा भक्त र भक्तिबीचको कुरा बताउन खोजिएको छ ।रामायणमा हनुमानलाई भगवान रामले मृत्युदण्ड दिएको प्रसंग सायदैलाई मात्र थाहा होला । आफ्ना प्यारा भक्त हनुमानलाई आखिर किन रामले मृत्युदण्ड दिए त रु यो अनौठो प्रसंग छ ।रामका पिता दशरथले कैकेयीको बन्धनमा परेर रामलाई १४ वर्षको बनबास पठाएका थिए । १४ वर्षको बनबास सजाय भोगेर उनी पुनः राजा बनेका थिए ।राजा बनेपछि उनले राजसभा बोलाएर नजिकका राज्यहरुमा राजा बनेको उपलक्ष्यमा भोजको आयोजना गरेका थिए ।

त्यहाँ देवीदेवताहरु देखि साधुसन्त र आसपास राज्यका राजाहरु आउने क्रम जारी रहेको थियो ।त्यतिबेला, ऋषि नारदमुनिले हनुमानलाई पूर्व राजा विश्वामित्रबाहेक अरू सबै सन्तमहाजनलाई प्रणाम गर्नु भनेर आज्ञा दिएका थिए ।हनुमानले ऋषिको कुरा मानेर उनले दिएको आदेशलाई पालना गरे । नारदले भनेजस्तै गरि हनुमानले पनि विश्वामित्रलाई प्रणाम गरेनन् ।नारदमुनि जब विश्वामित्रलाई भेट्न गए, तब विश्वामित्र असाध्यै क्रोधित भए । विश्वामित्रले रामलाई हनुमानलाई मृत्युदण्डको सजाय दिन आदेश दिए ।रामले ऋषि आदेशलाई नकार्न सकेनन् । र हनुमानलाई आफैले धनुषवाणले हानेर मृत्युदण्ड दिने घोषणा सुनाए।रामले हनुमानलाई मृत्युदण्ड दिन भन्दै धनुषवाण प्रहार गर्न थाले । तर रामको नाम जपिरहेका हनुमानलाई धनुषवाणले केहि असर गर्न सकेन ।गुरुको आदेश पालना गर्नुपर्ने भएकाले रामले हनुमानलाई ब्रह्मास्त्र प्रहार गर्न लागे । सबैभन्दा शक्तिशाली हतियार ब्रह्मास्त्रले पनि हनुमानलाई केहि असर गरेन ।भगवान रामको नाम जपिरहेका हनुमानलाई कुनै शस्त्र अस्त्रले पनि केहि गर्न नसकेपछि नारदले आफ्नो गल्ती स्वीकारेर विश्वामित्रसँग माफी मागेका थिए र मृत्युदण्डको निर्णयलाई फिर्ता लिन भगवान श्रीरामसँग आग्रह गरेका थिए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए
  • आज एकै दिन २२६ जनामा कोरोना संक्रमण पुष्टि
  • कोरोना संक्रमण वढ्दै जादा पनी भारतमा लकडाउन खोल्न सुरु