प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी २२ अंकले पछि पारे

१९ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायम नै राखेको छ । शनिबार राति भएको लिगको २५ औं खेलमा लिभरपुलले साउथह्याम्पटनमाथि ४(० को सानदार जित निकाल्दै आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।लिभरपुलले अंक तालिकामा अन्तर पनि फराकिलो बनाएको छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २२ अंकले पछि पारेको छ। प्रिमियर लिगमा अब १४ खेल बाँकी छ ।लिभरपुलको २५ खेलबाट ७३ अंक जोडेको छ भने लिभरपुल भन्दा एक कम खेलेको म्यानचेस्टर सिटी ५१ अंकसहित दोस्रो स्थानमा रहेको छ। पराजित साउथह्याम्पटन ३१ अंक जोडेर ११औं स्थानमा छ ।लिभरपुलको सानदार जित दिलाउनको लागि मोहम्मद

सलाहले दुई गरे भने एलेक्स अक्सलेड चेम्वरलेन र जोर्डन हेन्डरसनले समान एक गोल गरे । रोबर्टो फिर्मिनोले ३ गोलको लागि असिस्ट गरे ।लिभरपुलले चारै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ४७ औँ मिनेटमा फिर्मिनोको पासमा चेम्वरलेनले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । ६०औं मिनेटमा फिर्मिनोकै पासमा कप्तान जोर्डन हेन्डरसन गोल गर्दै लिभरपुललाई २(० को अग्रता दिलाए ।त्यसपछिको दुवै गोल सलाहले गरे । सलाहले ७२औं र ९०औं मिनेटमा गोल गर्दै लिभरपुललाई ४–० को सानदार जित दिलाए । सलाहले एक गोल कप्तान हेन्डरसनको पासमा गरेका थिए भने अर्को गोल फिर्मिनोको पासमा गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया