कोरोना भाइरसको संक्रमण भयावह बन्दै

१९ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


चीनको हुवेइ प्रान्तबाट फैलिएको कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । यसबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दो छ ।शनिबारसम्म कम्तीमा ३०४ जनाको ज्यान गइसकेको छ । हुवेइमा मात्र २९४ जनाको ज्यान गएको छ । शनिबार मात्रै पनि हुवेइमा ४५ भन्दा बढीको ज्यान गएको थियो ।अहिलेसम्म १४ हजार ३८० जनामा कोरोनाको संक्रमण देखिएको छ ।

चीनमा शनिबार मात्रै पनि २ हजार ५९० जना संक्रमित फेला परिसकेका छन् ।चीन बाहिर एक सय जनामा संक्रमण फेला परेको छ ।पछिल्ला दिनमा दुई दर्जन देशमध्ये बेलायत, अमेरिका, रुस र जर्मनीमा नयाँ बिरामी देखापरेका छन् ।नेपालमा अहिलेसम्म १ जनामात्र संक्रमित भेटिएका छन् । आशंका धेरैमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया