अमेरिकन खेलाडी सोफियाले जितिन् अस्ट्रेलियन ओपन

१९ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


अमेरिकाकी सोफिया केनिसले अस्ट्रेलियन ‌ओपनको महिला एकलको उपाधि जितेकी छिन्।

२१ वर्षीया सोफियाले फाइनलमा स्पेनकी गर्विन मुगुरुजालाई पराजित गरेर ग्रान्ड स्लाम जित्ने सपना पूरा गरेकी हुन्।

उनले पहिलो सेट ४-६ ले गुमाए पनि बाँकी दुई सेट ६-२ र ६-२ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भइन्।

उनले उपाधिसँगै आफ्नो बाल्यकालको सपना पूरा भएको बताइन्।

पुरुष एकलको उपाधिका लागि आइतबार सर्वियाका नोभाक जोकोविच र अस्ट्रियाका डोमिनिक थियमबीच खेल हुँदैछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया