बस र माइक्रोबस ठोक्किँदा चालकसहित ३ जनाको मृत्यु,७ जना घाइते

१९ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


विराटनगर –  पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवास्थित पितृवना सडकखण्डमा बस र माइक्रोबस जुध्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् ।बाग्लुङबाट आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस र काठमाडौं जाँदै गरेको सप्तकोशी यातायातको बा ५ ख ३१५७ नम्बरको माइक्रो बस आइतबार बिहान ठोक्किएका हुन् ।

दुर्घटनामा हाइस माइक्रो बसका चालक र दुई जना यात्रुको मृत्यु भएको प्रदेश नम्बर १ का ट्राफिक प्रहरी प्रमुख एसपी भिम दाहालले जानकारी दिए ।एकजना महिला, दुईजना पुरुषको मृत्यु भएको तर उनीहरुको परिचय नखुलेको एसपी दाहालले जानकारी दिए । मृतक र घाइतेहरु सबै माइक्रो बसका हुन् ।घटनास्थलमा प्रहरीले उद्धार कार्य जारी राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया