यी लक्षणहरु देखिए थाहा हुन्छ शरीरमा भिटामिन डीको कमी

१९ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


जुनसुकै मौसम किन नहोस्, सूर्यको प्रकाशले हाम्रो स्वास्थ्यलाई निकै फाइदा हुन्छ । झन्, जाडो मौसममा त यसको प्रभाव बढी हुन्छ किनकि सूर्यको प्रकाशले नै हाम्रो शरीरलाई आवश्यक तापक्रम उपलब्ध गराउँछ । तर, घाम ताप्दा के फाइदा हुन्छ र यसबाट फाइदा कसरी लिने भन्ने हामीलाई थाहा नहुन सक्छ । अनि यसको नोक्सानबाट कसरी बच्ने भन्ने थाहा नहुन सक्छ । प्रकाशका कारण चाहिँ हाम्रो शरीरमा धेरै फाइदा हुन्छ । यसमा रोगनिवारक हुने भएकाले हामी विभिन्न रोगबाट सुरक्षित पनि हुन सक्छौँ । सूर्यको प्रकाशमा नै क्यान्सरविरोधी तत्व हुनुका कारण यसले हामीलाई क्यान्सर हुने सम्भावनाबाट पनि बचाउने वैज्ञानिकहरु भन्छन् । शोधहरुका अनुसार जहाँ मानिसहरु कम समय सूर्यको प्रकाशमा बिताउँछन्,

त्यहाँका मानिसहरुलाई क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ ।यतिमात्र होइन, सूर्यको प्रकाशले हाम्रो रगत सन्चारलाई पनि राम्रो बनाउन सहयोग गर्छ । साथसाथै सूर्यको शरीरमा सेरोटोनिन नामको हर्मोन कम हुने भएकाले डिप्रेसन हुनबाट पनि सूर्यको प्रकाशले बचाउने विभिन्न अध्ययनले निष्कर्ष निकालेका छन् । बरु यसले हामीमा खुसी बढाउँछ। फेरि के कुरामा सचेत हुनुपर्छ भने लामो समय सूर्यको प्रकाशमा बस्दा चाहिँ हामीलाई फाइदा हुँदैन । लामो समय बस्दा चाहिँ एलर्जी हुनेमात्र होइन, छालाको क्यान्सरसमेत हुनसक्ने अध्ययनहरुले देखाएका छन् ।

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

१. थकाइ – थकान, भिटामिन डी कमीको पहिलो लक्षण हो। खाना खाएपछि अनि ७-८ घण्टाको लामो निन्द्रा पश्चात पनि थकान महसुस हुन्छ भने भिटामिन डी कमी भएको हुन सक्छ। शरिरको अस्थिपञ्जरको सहज सञ्चालन गर्न भिटामिन डी चाहिन्छ। यसको कमी हुँदा शरीर ज्यादा थाक्छ।

२. हाड, जोर्नी र कम्मरको दुखाइ – भिटामिन डीले शरिरमा क्यालसियम खपत सन्तुलन गर्छ। हाड, मसल्स र दाँतको स्वास्थको लागि क्याल्सियम आवश्यक हुन्छ। यदि ढाड, कम्मर लगातार दुखिरहन्छ बने भिटामिन डी कमीले हुन सक्छ।

३. घाउ ढिलो निको हुने – चोट पश्चातको घाउ ढिलो निको हुने पनि भिटामिन डीको कमीले हुन सक्दछ। भिटामिन डीले जलन नियन्त्रण गर्न र इन्फेक्सन फैलिन नदिने गर्छ। भिटामिन डीको कमी भएको व्यक्तिमा घाउ निको पार्ने प्रक्रिया सुस्त हुन्छ।

४. कपाल झर्छ – कपाल झर्ने धेरै कारणहरु मध्येको एक कारण हो भिटामिन डीको कमी। यसले कपालको जरा मजबुत राख्छ। यसको कमी हुँदा कपालको स्वास्थ्य गिर्छ। कपाल झर्छ।५. भिटामिन डीले शारिरक मात्र होइन मानसिक स्वास्थ्यमा पनि उत्तिकै प्रभाव पारेको हुन्छ। यसको कमी हुँदा मुड डाउन हुन्छ। यदि डिप्रेस वा मुड डाउन भएको छ भने सूर्यको प्रकाशले ताजगी ल्याउन सक्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया