नेवि संघ लुम्बिनी बाणिज्य क्याम्पसको बनभोज सम्पन्न ,विद्यार्थीहरुको उल्लेखनिय सहभागीता !

प्रकाशित मिति:

बुटवल – नेपाल विद्यार्थी संघ लुम्बिनी बाणिज्य क्याम्पसले हिजो शनिबार बनभोज सम्पन्न गरेको छ । गजेडी तालमा आयोजना गरेको बनभोज कार्यक्रममा करीब ५०० भन्दा बढी विद्यार्थीहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।  विद्यार्थीहरु माझ परिचयात्मक हुने र विद्यार्थीहरुको बाहिरी बातावरणलाई मध्यनजर गरी उक्त कार्यक्रम आयोजना गरिएको इकाई सभापति सुरज क्षेत्रीले सबलपोस्टलाई बताउनुभयो ।

बनभोज कार्यक्रममा नेपाली कांग्रेस , तरुण दल , विद्यार्थी संघ र कांग्रेस संग आवद्द रुपन्देहीका बिभिन्न तह र तप्का बाट उपस्थित ब्यक्तित्वहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

नेबी संघ इकाई सभापति सुरज क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  नेपाली कांग्रेस रुपन्देहीका उप-सभापती फनिन्द्र शर्मा , नगर उप-सभापती बिमलराज भट्टराई , नेपाली कांग्रेसका नेता प्रसान्त कोइराला , तरुण दल जिल्ला सचिब रमेश शाही, कोषाध्यक्ष बासु बश्याल , क्षेत्रिय सभापति हसन्त लामा , विद्यार्थी नेत्री जमुना ढकाल ,  नेबी संघ नि केन्द्रिय सद्स्य लेखनाथ भट्टराई , नेबी संघ नेता निराजन घिमिरे ,तिलोत्तमा जेसिज बर्ष १९ का अध्यक्ष एबम सामाजिक ब्यक्तित्व जय प्रकाश भट्टराई  ,तरुण नेता अमृत गिरी , नेबी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पसका इकाई सभापति महेश पौडेल , बुटवल क्याम्पसका इकाई सभापति दिनेश पौडेल , बुटवल क्याम्पसका विद्यार्थी नेता बलराम पौडेल , पक्लिहवा क्याम्पसका निबर्तमान इकाई सभापति सन्देश भण्डारी ,नेपाली कांग्रेसका नेता चित्र बहादुर बर्मा , रिता खड्का , साबित्रा टण्डन लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी एबम लुम्बिनी बाणिज्य क्याम्पसका पूर्व इकाई सभापती , नि. केन्द्रिय सदस्य टंक पाण्डेले नजिकिदै गरेको स्ववियु निर्वाचनमा लुम्बिनी बाणिज्य क्याम्पसमा नेबी संघलाई बिजय बनाउन सबै विद्यार्थी एबम नेता गणहरु लाग्नु पर्ने बताउनुभयो । उहाँले अनावस्यक हाउगुजीका पछाडि नलागी पुरानो एबम विद्यार्थीको लोकप्रिय संगठन नेबी संघलाई बिभिन्न तह र तप्का बाट सहयोग गरी बिजय बनाउन समेत अपिल गर्नुभयो । उक्त कार्यक्रमको सञ्चालन नेबी संघ लुम्बिनी बाणिज्य क्याम्पसका इकाई सचिब तिलक रानाले गर्नुभएको थियो ।