दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो !

१९ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


इटहरी – पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको तितरवनामा आइतबार बिहान दुई यात्रुवाहक सवारी साधन एक आपसमा ठोकिदा चार जनाको मृत्यु भएको छ भने एक दर्जन बढी यात्रुहरु घाइते भएका छन् ।

पोखराबाट पूर्व तर्फ आउदै गरेको ना६ख ७९५ नम्बरको यात्रुवाहक वस र झापाको चन्द्रगडीबाट काठमाडौ जादै गरेको बा ५ख ३१५७ नम्बरको हायस एक आपसमा ठोकीदा चार जनाको मृत्यु भएको हो । बिहानको समयमा अत्याधिक हुस्सु लागेको तथा तिब्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरिक्षक कैलाशकुमार अधिकारीले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा हायसका चालक दिपक खड्का , झापाको भद्रपुरका ७५ वर्षिय हेमराज कोइराई , ६५उनकी श्रीमती डोलमाया कोइरालाको दुर्घटना स्थलमै र भक्तपुरकी १७ वर्षिया गरिमा गौतमको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । दुर्घटनामा घाइते भएकाहरुको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र इटहरीमा रहेको एपेक्स अस्पतालमा उपचार भइ रहेको जनाइएको छ । – गोरखापत्र

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक…
  • कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २…
  • ३५ केजी चरेस सहित २ महिला पक्राउ ।
  • नेपाली कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र प्रतिपक्षीदललाई बेवास्ता गरेको कांग्रेसको…
  • स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न
  • वडा विभाजनको माग गर्दै वडाबासीले हस्ताक्षर बुझाए
  • मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र…
  • १० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 
  • देउखुरीमा पनि मसिनो हाईब्रिड धानको उत्पादन सुरु किसान परियोजना कृषकका…
  • पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला