अचम्म लाग्ला तर साचो हो , विमानसँग विवाह गर्दै महिला !

१९ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


जर्मनीको राजधानी बर्लिनमा बस्ने ३० वर्षकी मिहेल कोबकेले मार्च २०२० मा विमान ७३७–८०० सँग विवाह गर्ने निर्णय गरेकी छन् । विवाह नेदरल्याण्डको आम्स्टर्डममा हुनेछ । सन् २०१४ मा टेगल एरर्पोटमा उनले पहिलो पटक उक्त्त विमान देखेकी थिइन् । त्यही समयदेखि उनी विमानसँग प्रेममा परिन् र विवाह गर्ने योजना बनाइन् ।

कोबकेलाई विमानको पखेटा र थ्रस्टहरु मनपर्छ । उनका अनुसार, यो उनको लामो दुरीको प्रेम हो । उनी विमानलाई मायाले ‘सात्स’ भन्ने गर्छिन् । जर्मन भाषमा सात्स भनेको मनपर्ने मान्छे हो । विमानलाई हेर्न उनी जतिबेला पनि विमानस्थल पुग्छिन् । उनको विमान कालिगढ बन्ने सपना छ । विमानसँग आफूलाई टाढा राख्न डराउने उनले एक विमान खेलौना किनेकी छिन् । उनी खेलौनासँग नै सुत्छिन् र सधैं आफूसँग राख्छिन् ।

कोबकोले विमानसँग प्रेम गर्छिन् । जुन एक प्रकारको व्याकुलता हो, जसमा कुनै व्यक्ति निर्जीव वस्तुको साथ प्रेममा पर्दछ । यसलाई ‘अब्जेक्टोफिलिया’ भनिन्छ । मिशेलका अनुसार, सन् २०११ मा उनी एक व्यक्तिको प्रेममा थिइन् । तर उनी त्यो प्रेममा खुशी थिइनन् । उनी भन्छिन्, ‘सात्स नै मेरो पहिलो प्रेम हो । अरु विमानभन्दा सात्स फरक छ । सात्सप्रति मेरो प्रेम अरुले बुझ्न सक्दैनन् । यात्राको क्रममा म उसलाई अझै बढी चिन्छु ।’ – एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कालीगण्डकीमा नेकपामा पहीरो । युवाहरु सामुहीक रुपमा कांग्रेसमा प्रवेश
  • बरियारपट्टी गाउँपालिकाको सम्पुर्ण बिधालयहरु संचालनमा आए पछि : विद्यार्थीहरुमा खुशीयाली
  •  जोन ६३ को एडभाइजर कमिटीको प्रथम बैठक सम्पन्न
  • कञ्चन जेसिजको स्वास्थ्यका लागि खेलकुद प्रतियोगिता सम्पन्न
  • चाटर्स डेमा विभिन्न कार्यक्रम
  • करणी उद्योगको झुठ्ठा जाहेरी दिलाउने पक्राउ
  • ४ दिन पहिला परेको वर्षाले तरकारीका बोट नष्ट । जिल्लाका…
  • कपिलबस्तुको कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध…
  • दोब्बर भाडा लिने सवारी प्रहरीे फन्दामा
  • विद्यालय खुलेसंगै स्वास्थ्य मापडण्डका वारेमा अनुगमन सुरु