चीन हुँदै अष्ट्रेलिया प्रवेशमा रोक, गए तत्काल भिसा रद्द !

प्रकाशित मिति:

अष्ट्रेलिया । अष्ट्रेलियाको सरकारले चीन भएर यहाँ आउने सबै प्रकारका यात्रुहरुलाई प्रवेशमा रोक लगाउने घोषणा गरेको छ ।

यसको प्रत्यक्ष असर नेपाली विद्यार्थीहरुका लागि पर्ने देखिएको छ ।

कतिपय नेपाली विद्यार्थीहरु अष्ट्रेलिया अध्ययनका लागि आउँदा चीन हुँदै आउने गरेका छन् ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुको आगमनको समय नजिकिँदै गरेको समयमा अष्ट्रेलियाले कडा सूचना जारी गर्दै चीनको बाटो हुँदै अष्ट्रेलिया प्रवेश गरेमा तत्काल भिसा रद्द गरेर कम्तिमा दुईसाता छुट्टै राख्ने स्पष्ट पारेको छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको असर २० भन्दा बढी मुलुकमा देखिएपछि यस्तो अष्ट्रेलियाले कडाइ गरेको हो ।

अष्ट्रेलियाले यस सूचनालाई केही दिनको लागि मात्रै भनेको छ ।

विद्यार्थीको यात्रामा परेको प्रभावलाई मध्यनजर गरी यहाँका शैक्षिक संस्था र विश्वविद्यालयहरुले छिट्टै वैकल्पिक निर्णय लिन सक्ने आकलन भने गरिएको छ ।

यहाँको सरकारले फेब्रुअरी १, २०२० पछि अष्ट्रेलियाका नागरिक, स्थायी बासिन्दा र उनीहरुका एकदमै नजिकका आफन्तबाहेक अन्य जो कोही पनि चीनको बाटो भएर अष्ट्रेलिया प्रवेश गर्न खोजेमा त्यस्ता सबै यात्रुहरुलाई प्रवेशमा रोक लगाउने घोषणासहितको सूचना जारी गरेको छ ।

सरकारको यो घोषणाले चीन हुँदै अष्ट्रेलिया आउने सबै नेपाली विद्यार्थीको यात्रालाई पूर्णरुपमा प्रभाव पर्नेछ ।

सरकारले यो अति उच्च सीमा नियन्त्रणलाई कडाइका साथ लागु गर्न अष्ट्रेलिया भित्रने र यहाँ भएर अन्य देश जाने यात्रुहरुलाई पनि अष्ट्रेलिया आउने हवाइजहाज कम्पनीले विमानमा प्रवेश नदिने स्पष्ट पारेकोे छ ।

हवाइ र समुद्री जहाजका कर्मचारीहरुलाई उनीहरुले अपनाएको सुरक्षा उपायलाई ध्यनमा राखेर मात्रै प्रवेश अवसर दिइने पनि सरकारले बताएको छ ।

सरकारले जारी गरेको सूचनामा यदी कोही पनि व्यक्तिहरु चीन हुँदै अष्ट्रेलिया प्रवेश गरेमा उनीहरुको भिसा तत्काल रद्द गरि उनीहरुलाई क्वारेन्टाइनका लागि अन्य वैकल्पिक स्थानमा छुट्टै राखिने पनि स्पष्ट पारको छ ।

यो व्यवस्था अन्तर्गत अस्थायी वा छोटो अवधिको अष्ट्रेलियकाका भिसा भएका यात्रीलाई पनि सरकारले अष्टे«ेलिाय प्रवेश नगर्न भनेको छ । यदी उनीहरु ऋष्ट्रेलिया प्रवेश गरेमा उनीहरुको पनि भिसा रद्द हुने छ ।

सरकारले अष्ट्रेलियाी नागरिक, स्थायी बासिन्दा र उनीहरुका एकदमै नजिकका आफन्तलाई यहाँ प्रवेश गर्नासाथ आफूहरुलाई अन्य व्यक्तिको सम्पर्कबाट १४ दिनसम्म अलग राख्न पनि आग्रह गरहेको छ ।

प्रधानमन्त्री स्कट मरिसनले यो व्यवस्था तत्कालका लागि अस्थायी भएको पनि स्पष्ट पारेका छन् ।