एमसीसी अध्ययन गर्न खनालको नेतृत्वमा कार्यदल

प्रकाशित मिति:

काठमाडौं – नेकपा केन्द्रीय कमिटीको बैठकमा एमसीसीका विषयमा चर्को विरोध भएपछि सचिवालयले अध्ययनका लागि कार्यदल गठनको प्रस्ताव गरेको छ । सचिवालयले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहेको कार्यदल बनाएको हो ।

उक्त कार्यदल अनुमोदनका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीमा प्रस्ताव गरेको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए । केन्द्रीय कमिटीको बैठक जारी रहेकै बेला त्यसलाई छलेर सचिवालयले कार्यदल बनाउने निर्णय गरेको हो । केन्द्रीय कमिटीले नै कार्यदल बनाउन प्रस्ताव गर्नुपर्नेमा सचिवालयले गरेको भन्दै केही सदस्य असन्तुष्ट देखिएका छन् ।