जापानमा प्रचण्डले देखाए पावर : ‘जापानी मुक्केबाज नराम्रारी ढले’

१९ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


जापान –  जापानमा पुनः अर्को मुक्केबाजले नेपालको शान चुल्याएका छन् । किकबक्सिङमा अविरल घिमिरेले लगातार एक पछि अर्को जित हात पार्दै नेपालको शान चुल्यारहेको बेला अर्का मुक्केबाज प्रचण्ड केसीले पनि नेपालको शानमा अर्को इटा थपेका हुन् ।

शनिबार राति जापानको टोकियोमा भएको भिडन्तमा प्रचण्डले जापानी मुक्केबाज आइहारालाई हराउँदै नेपालको झण्डा फहराउन सफल भएका हुन् । डाइनामिक ग्लोब नाम दिइएको भिडन्तमा नेपाली मुक्केबाज प्रचण्डले जापानका व्यवसायिक मुक्केबाज आइहारालाई हराएका थिए ।

तीन राउण्डको भिडन्तमा प्रचण्डले जापानी प्रतिष्पर्धीलाई अन्तिम राउण्डमा ढाल्दै रिङबाट नै नेपाल भ्रमण बर्षको प्रचार समेत गरेका थिए ।५३.५ किलो तौल समूहको खेलमा भएको भिडन्त हेर्न ठूलो संख्यामा नेपालीहरुको समेत उपस्थिति रहेको थियो । एक जापानी टेलिजिभन च्यानलले प्रत्यक्ष प्रसारण गरेको यो भिडन्तपछि जित हात पारेका प्रचण्डले साथ दिने सबैलाई धन्यवाद दिदै जितसंगै नेपाल भ्रमण बर्षको प्रचार पनि आफ्नो मुख्य ध्येय रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु