झाडी र ब्युट्यानहरुको बिचमा हुर्किएको गजेडी दानापुरताल ,पर्यटकहरुको आकर्षण बन्दै

प्रकाशित मिति:

सबलडेक्स । सिमसारको प्रचुर सम्भावना बाकेको रूपन्देहीको कञ्चन गजेडीमा रहेको दानापुरताल पर्यटकिय स्थलको लागि सामरिक केन्द्र बन्दै गइरहेको छ। कुनै समय गाईबस्तुहरुका लागि पानी खुवाउने पोखरीको रुपमा प्रयोग भइरहेको दानापुरताल आज रुपन्देही जिल्लाको बिभिन्न पर्यटकिय क्षेत्रहरु मध्येभित्रको महत्वपुर्ण क्षेत्रको रुपमा बिकास भइरहेको छ। खासमा दानापुरताल अहिलेको रुपमा आउन स्थानियहरुको निकै मेहनतका प्रयासहरु पोखिएका छन।आज सुनदर र रमणिय ताल अनि सबैको मुखमा दानापुरताल झुण्डिरहनुमा स्थानियको अथक मेहनत छ । हिजो स साना बुट्यानहरुको बिचमा गाईबस्तुहरुले पानी खादै आइरहेको सानो पोखरी आज ९३.२ हेक्टर क्षेत्रफलमा फैलिएको सुन्दरतालको रुपमा बिकसित भएको छ र रुपन्देहीका बिभिन्न स्थान बाहेक पनि कपिलबस्तु,नवलपरासी,पाल्पा र छिमेकी देश भारतका सिमाना जोडिएका गाउहरुबाट अध्ययन भ्रमण तथा बनभोजका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन । समयमाई सामुदायिक बन उपभोक्ता समूहको कार्यक्षेत्र भित्र रहेको काँडे लहरा अनि अजम्बरी तथा बनमाराको बिचमा हुर्किएको सानो पोखरीलाई अहिले देखिएको संरचनाले हिजोको काँडे लहरा र बनमाराहरुको कलपना मात्र गर्न सकिन्छ। सुन्दर अनि रमणिय दानापुरतालको संरक्षण समयमाई सामुदायिक वन उपभोक्ता समूह २०५४ सालमा सामुदायिक बन ऐन अन्तरगत सामुदायिक बनको गठन गरी ताल संरक्षलाई बनको कार्ययोजनामा समाबेस गरे पश्चात शुरु भएको हो । सामुदायिक बनको कार्यक्षेत्र रहेको सुन्दरताल दानापुरतालको वरीपरी चक्रपथ तथा बनभोज स्थलको निर्माण २०६८ सालमा राष्ट्रिय ताल संरक्षण समितिले दिएको ४ लाख बजेटबाट शुरु गरिएको हो । दानापुरतालको संरक्षण र पर्यटन पर्बद्धनको लागि तत्कालिन गजेडी गा.बि.स तथा जिल्ला बिकास समिति हुदै पर्यापर्यटनको क्षेत्रमा काम गर्ने बिभिन्न संघसंस्थाहरु समक्ष कार्ययोजना रुपी गाग्री बोक्दै धाउने काम अबिछिन्न रह्यो । तत्कालिन गजेडी गा.बि.स.ले आर्थिक रुपमा सहयोग गर्न नसकेपनि गा.बि.सका तत्कालिन सचिव टेकराज भट्टराइले राष्ट्रपति चुरे सुंरक्षण समितिसंग सम्बन्ध जोडिदिए पछि दानापुरतालको स्वरुपमा परिबर्तन आएको हो । अहिले दानापुरतालमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्न थाले संगै तालमा बनभोज खाने स्थल,खानेपानी र बिधुतको समस्या देखिन थालेपछि तालको समुचित बिकासको लागि बिस्तृत गुरुयोजना बनाई गुरुयोजना अनुरुप कार्यगर्नको लागि प्रदेश एण्ड पार्टनर,काठमाण्डौले दानापुरतालको बिस्तृत गुरुयोजना बनाउने कार्य सम्पन्न भएको छ।सोही मास्टर प्लानको आधारमा बिस्तृत गुरुयोजना बनाउनको लागि डिभिजन बन कार्यलयसंग समन्व भएको छ भने गुरुयोजना अनुरुप दानापुरतालको बिकास गर्न प्रदेश ५ सरकारले २ करोड बजेट समेत बयबस्था गरिसकेको छ।

दानापुरतालको बिस्तृत गुरुयोजना निर्माणको कार्य सम्म आइपुग्नको लागि फिल्पेक नामक गैरसरकारी संस्थाले आ.ब. २०६३र६४मा स-साना बुट्यानहरुको बिचमा रहेको ताललाई ब्यबस्थित बनाई ब्यबसायिक माछा पालन,डुंगा शयर गर्नको डुंगा र बनभोज खाने स्थलहरुको निर्माणका लागि आर्थिक तथा भौतिक र प्राबिधिक सहयोग गरेको थियो । पछि चुरे तराई तथा मधेसमा रहेका राष्ट्रिय महतवका सम्पदा -ताल तलैया तथा सिमसार- क्षेत्रहरुको संरक्षण कार्यक्रम अन्र्तगत गजेडीतालको संरक्षण र सम्बद्र्धन बिस्तार योजना अनुरुप आ.ब.२०७र३७४मा पहिलो पटक १ करोड ७ लाख रुपैया र आ.व. ७४र७५मा १ करोड ५६ लाख गरी २ करोड ६३ लाख रुपैयामा वोटिङगार्ड,डुंगा राख्ने पार्किङ स्थल,३ वटा कोकिङ सेट,१० सेट अपांगमैत्री ट्वाईलेट,स्ट्रचर वटानिकल गार्डेन लगायत नया संरचना निर्माण गरिएको छ। अहिले दानापुरतालमा आन्तरिक र वाह्य पर्यटकको आगमन बढ्न थालेको छ भने जयन्द्र एण्ड पार्टनर्सको समन्वयमा तयार बनाइएको १० वर्षे गुरुयोजना अनुरुप डिपिआर तयार गर्नको लागि डिभिजन बन कार्यलय रुपन्देहीसंग समन्वय भैरहेको छ। गुरुयोजना अनुरुप तालको आकार र बिशेषता फरक हुनेछ ।गुरुयोजनामा १० बर्ष भित्र दानापुरताललाई आकर्षक र रमणणिय बनाउन करिब १० करोड लागतमा ६० मिटर अग्लो १५ तले भ्यू टावर बनाइनेछ । भ्यू टावरको छेउमा करिब ६ करोड लागतमा दुई वटा स्वीमिङ पूलसहित सुविधासम्पन्न वाटर पार्क बन्नेछ भने तालको बीचमा आइल्यान्ड जलभूमि निर्माण गरिनेछ साथै भ्यू टावरको पूर्वतर्फ करिब एक हजार क्षमताको ध्यान र योगा केन्द्र,र तालको पुर्वतर्फ चिडियाखाना बन्नेछ ।सिमसार क्षेत्रमा समेत सूचिकृत ताललाई नमुना र सुन्दर पर्यटकिय स्थल बनाउन करिब एक अर्ब रुपैयाँ खर्चिने योजना रहेको र तालको क्षेत्रफल विस्तार गरी २२ हेक्टर र्पुयाएर पोखराको फेवाताल जस्तै बनाइने समयमाई सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मिनबहादुर थापाले जानकारी दिनु भएकोछ । अहिले दानापुरतालको क्षेत्र १९.५ हेक्टर छ भने पर्यापर्याटन क्षेत्र ४३.६८ हेक्टर रहेको छ ।

भ्यू टावर गुरुयोजना अनुसार दानापुरतालमा ताल प्रवेशका लागि आकर्षक प्रवेशद्वार, बोटानिकल गार्डेन, सेमिनार हल, खेल मैदान, संग्रहालय पनि बनाइने छ । दुईसय चार पाङ्ग्रे र एक हजार दुई पाङग्रे सवारी राख्न मिल्ने पार्किङ स्थल बनाइने छ । ताल वारपार गर्न आकाशे पुल पनि बनाइने छ । यस्तै तालको वरिपरी हरियाली वातावरणलाई यथावत राख्न वृक्षारोपण, पर्यटक तथा स्थानीयका लागि मर्निङवाक र जगिङ गर्न मिल्ने गरी अपांगमैत्री फुटट्रेक बनाउने पनि गुरुयोजनामा उल्लेख छ भने स्थानीयहरुको सहभागितामा ताल क्षेत्र वरीपरी रहेका कुचेरा,तालटोल,दानापुर र पुर्वी कुचेरामा टिपिकल होम स्टे सञ्चालन गरी पर्यटकहरुलाई आकर्षण गर्ने योजना छ । ‘समूहका अध्यक्ष थापाका अनुसार दानापुरलाई पोखराको प्रसिद्ध फेवा ताल जस्तै बनाउने लक्ष्य छ पुरा गर्न ‘गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारबाट गुरुयोजनाअनुसार पुर्वाधार बनाउन वजेट ब्यबस्थापनका लागि माग भइरहेको र तीनै तहका सरकारबाट बजेको अभाव हुन नदिने बताएको समेत अध्यक्ष थापाले जानकारी दिनुभएको छ भनेआगामी पाँच वर्ष भित्र गुरुयोजना अनुसारका पुर्वाधारका काम पूरा गर्ने लक्ष्य रहेको अध्यक्ष थापाले बताउनु भएको छ।

दानापुरतालसंग सम्बन्ध जोडिएको पुरानो समयमाई मन्दिरको नामबाट सामुदायिक बनको नाम राखिएको छ ।खास गरी स्थानिय थारु समुदायले माछा मार्दा केही चोटपटक नलागेस,हिउदमा बर्षा परोस भनि पुजाआजा गरीने र साथै अन्नवाली भित्र्याउने बेला पनि समयमाईलाई चढाई भित्र्याइने भएकोले गजेडीका स्थानियहरुले समयमाईको पुजा गर्दै आएकाछन ।दानपुरतालमा आउने पर्यटकहरुले समयमाईको पुजागरी कामना भाकल गर्ने गरेको पनि पाइन्छ ।तालसंगै यस मन्दिरको पनि संरक्षण र पर्बद्धनको लागि सामुदायिक बन उपभोक्ता समूहले मन्दिरको पुननिर्माणका लागि गाउपालिकासंग बजेट माग गर्दै आएको छ।तालको मुख्य आकर्षकको रुपमा तालको बिचमा स्थापना गरिएको बुद्धको आकर्षक मन्दिर हो । डुंगा मार्फत उक्त बुद्धको मन्दिरमा गई दर्शन गर्ने ब्यबस्था समूहले गरेको छ ।गुरुयोजनामा मन्दिरको बिचमा शिवको आकर्षक मुर्ति निर्माण गरिने समूहले बताएको छ भने तालमा सदाबहार पानीको सतहलाई स्थायी रुपमा कायम गर्न पहिला नदीबाट लिफ्टिङ गरी नियमित पानीको श्रोत बनाइने समेत समूहको योजना रहेको छ। गजेडी दानापुरतालको अध्ययन भ्रमणमा दैनिक १०० देखि १५० जना आउने गर्छन भने अफ सिजनमा समेत दैनिक ५ देखि ७ वटा समूह र असार साउन र भदौमा बाहेक अन्य महिनामा दैनिक १५ देखि २० समूह बनभोजका लागि आउने गरेको बनभोज स्थल तथा डुंगा संचालक चन्द्र  तालको प्रचारप्रसारको लागि हरेक बर्ष ताल महोत्सव कञ्चन गजेडी दानापुर तालको प्रचार प्रसार तथा पर्यापर्यटनको संरक्षण र पर्बद्धनका लागि समयमाई सामुदायिक बन उपभोक्ता समूहले हरेक बर्ष बिश्व सिमसार दिवसको अवसर पारेर ताल महोत्सव संचालन गर्दै आएको छ भने कञ्चन गाउपालिकाले तालको सम्बद्र्धन र संरक्षण तथा पर्यटकिय दृष्टिले बिकास गर्न ताल बन भन्दा बाहिर ल्याइनुपर्नेमा जोड दिदै आएको छ।गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले तालमा गाउपालिकाको लगानी बढाउन र बिस्तृत गुरुयोजना बनाई तालको ब्यबस्थित बिकास गर्न ताललाई सामुदायिक बनको कार्यक्षेत्रबाट बाहिर ल्याइनुपर्ने बताउनु भएको छ। यस बर्षको ११ औं कञ्चन गजेडी दानापुरताल महोत्सव यही माघ २४ गते देखि फागुन ७ गते सम्म संचालन हुदैछ ।

कञ्चन गजेडी दानापुरताल तराई क्षेत्रमा पर्ने भएपनि गजेडीको भुबनोटको आधारमा सिमसारयुक्त ताल हो ।अहिले उक्ततालमा ५ बर्षका लागि माछा पालन गर्न स्थानयि मत्स्य ब्यबसायीलाई ठेक्कामा दिइएको छ भने तालमा कुनै जलकुम्भी तथा झारपात नभएको सुन्दर र आकर्षक तालको रुपमा बिकास भएकोछ । कञ्चन गाउँपालिका–१ मा रहेको यो ताललाई स्थानीयवासीले २०३८ सालदेखि संरक्षण शुरुवात गरेतापनि प्रचार प्रसार र प्रवद्र्धनको अभावमा लामो समयदेखि ओझेलमा रहेको यस ताललाई समयमाई सामुदायिक वन उपभोक्ता समूहको गठनपछि संरक्षणले गति लिन थाल्यो र २०६८ सालमा राष्ट्रिय ताल संरक्षण समितिले दिएको ४ लाख बजेटबाट ताल वरिपरी बाटो बनाएपछि भौतिक निर्माणको क्रमले तीव्रता पाएको छ । ताल परिसरमा दर्जनौं पिकनिकस्थल निर्माण गरिएको छ भने खुल्ला स्थानमा झन्डै ५० समूहमा पिकनिक खान मिल्ने गरी स्थान व्यवस्थापन गरिएको छ ।

तालको बिशेष आकर्षण ताल क्षेत्रमा विरालो, चित्तल, बाघ, ब्वांसो, ढेडु, हरिण, मृग, जरायो, बंदेल, निल गाई, दुम्सी, स्याल, खरायो, जरायो जस्ता वन्य जन्तुको दृश्यावलोकन गर्न पाइन्छ । यो तालमा विभिन्न प्रजातिका हांसहरु, सारस पनि पाइन्छ भने घुमुवा कोकल,सुगा,जुरेली,लाहाचे,वन कुखुरा,निलकण्ठ डाङ्ग्रे , भंगेरा,ढुकुर,काग,लाटोकोसेरो,मैना,चिल,गिद्ध र गरुडलगायतका चराचुङ्गीहरुलाई नजिकवाट देख्न पाइन्छ भने तालको पहिचान भएसंगै तालको माछा ठेक्का दिने चलन रहेको यो तालमा स्थानीय दुर्लभ जातका बिशेष गरेर भोटी,सिद्रा,खोस्टी,झिङ्गेमाछा,पाते सिद्रा,बाम जस्ता दुर्लभ जातका माछा यहां पाइन्छ भने तालमा कमन ग्रास,मांगुर,नैनी,कमन कार्प, रहु विकेट प्रजातिका माछा पालन गरिएको छ ।

कञ्चन गजेडी दानापुरतालको यात्रा बुद्ध जन्मस्थल लुम्बिनीबाट १७ किलोमिटर उत्तर पश्चिममा र बुटवलदेखि २३ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित छ।यस तालमा लुम्बिनीबाट गैडहवा र सैनामैनाको रामापुर कलौनी भएर बासगढी हुदै करिव आधा घण्टामा आइपुगिन्छ भने लम्बिनीबाट कञ्चनको मनोरम हरियाली जंगलहरुको दृश्यावलोकन गर्दै हरैया,कञ्चन नदीमा बन्दै गरेको सिंचाइ परियोजनाको अवलोकन गर्दै करिब सेही समयमै सुन्दर दानापुरताल पुग्न सकिन्छ । त्यस्तै बुटवलबाट पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बासगढी हुदै करिब २० मिनेटमा तालमा पुगिन्छ ।समूहले लुम्बिनी आउने पर्यटकलाई यो तालमा ल्याउन टुर प्याकेज योजना पनि बनाइरहेको छ ।