सफलताको सुत्र पुस्तकका पन्नामा होइन मेहेनतमा हुन्छ ।

प्रकाशित मिति:

आफ्नो तर्कलाई बढाउ , स्वरलाई होइन यो ख्याल राख कि बर्षाले फुललाई मद्दत गर्ने हो , चट्याङले होइन

सकारात्मक कुराले सबैको जीवनमा उज्यालो पन छर्ने गर्दछ । मानीसको जीवनमा सकारात्मक सोच हुन एकदमै जरुरी हुन्छ । आज हामीले यहाँ महान रुमीका जीवन उपयोगी प्रेरक भनाईहरु साभार गरेका छौ ।

१. तिमी जन्मदै पखेटा लिएर उड्न आएका हौ, तब किन जिन्दगीभर घिस्रीन चाहन्छौ ।

२. हिजो म बाठो थिए, त्यसैले संसार बदल्न चाहन्थे तर आज म समझदार भएको छु, त्यसैले म आफुलाई बदलिरहेछु ।

३. चिन्ता नगर, तिमीले जे गुमायौ त्यो पुन: अर्को रुपमा तिमीसामु घुमेर आइपुग्नेछ ।

४. तिमीले जे खोजीरहेका छौ, त्यसले पनि तिमीलाई खोजीरेहेको छ ।

५. कहिल्यै आफुलाई सानो नठान, आनन्दको गतिमा तिमी पनि एउटा ब्रम्हाण्ड हौ ।

६. जति पनि राम्रा, सुन्दर, आकर्षक बनेका छन्, ति हेर्नेका नजरमा बनेका छन् ।

७. आफ्नो तर्कलाई बढाउ, स्वरलाई होइन । यो ख्याल राख कि बर्षाले फूललाई बढ्न मद्दत गर्ने हो, चट्याङले होइन ।

८. गुडबाई भन्ने तिनीहरुलाई मात्र हो, जसले आखाद्वारा प्रेम गर्दछन् तर तिनीहरु जो आत्मा र हृदय देखि प्रेम गर्दछन, उनीहरुको निम्ति बिछोड भन्ने नै हुदैन ।

९. हो मलाई थाहा छ, तिमी थकित छौ तर आउ अघि बढ किनकि यहि नै तिम्रो बाटो हो ।

१०. तिमी जहाँ छौ, जे गर्छौ, प्रेममा हुने गर ।

११. प्रेमको अघि कारणको कुनै शक्ति हुने गर्दैन ।

१२. तबसम्म आफ्नो मनलाई छिया-छिया बनाइ राख जबसम्म यो खुल्दैन ।

१३. पिडा जुन तिमीले भोगेका छौ. यी संदेशवाहक हुन्, यिनीहरुलाई सुन्ने कोसिस गर्नु ।

१४. तिम्रो हृदय सागर जत्तिकै गहिरो छ । जाउ आफुलाई त्यो गहिराइमा खोज्ने प्रयास गर ।