वालिङ्लाई हराउँदै रौतहटको चन्द्रपुर बन्यो च्याम्पियन

प्रकाशित मिति:

काठमाडौं –  रौतहटको चन्द्रपुर नगरपालिकाले चन्द्रपुर उप मेयर राष्ट्रिय महिला लिग कप फुटबलको उपाधि उचालेको छ । चन्द्रपुर नगरपालिका फुटबल टोलीले उपाधिसँगै तीनलाख रुपियाँको पुरस्कार राशी प्राप्त गरेको छ । उपविजेता वालिङ भने एक लाख पचास हजार रुपियाँसँग ट्रफीमा चित्त बुझायो ।

रौतहटको चन्द्रनिगाहपुर आइतबार सम्पन्न खेलमा चन्द्रपुरले वालिंग नगरपालिकामाथि जित हात पार्यो । निर्धारित समयमा दुबै टोलीले कुनै गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पनि दुबै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शूटआउटबाट टुंग्याइयो । जसमा आयोजक चन्द्रपुर नगरपालिकाले जित हात पार्यो ।

प्रतियोगितमा रजनी ठोक्कर सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभई स्कुटी प्राप्त गर्नुभयो । वालिङकी साबित्री किशन उत्कृष्ट गोलरक्षक, चन्द्रपुरकी समिक्षा घिमिरे उत्कृष्ट रक्षक, चन्द्रपुरकी सबिता रानामगर उत्कृष्ट मीडफिल्डर, रजनी ठोक्कर उत्कृष्ट फरवार्ड तथा चन्द्रपुरकै नोरज काफ्ले उत्कृष्ट प्रशिक्षकबाट सम्मानित भए । उहाँहरु सबैजनालाई १५ हजार रुपियाँ प्रदान गरियो । – गोरखापत्र