रोटरी क्लब अफ सेन्ट्रल रुपन्देहीको अध्यक्षमा सुरज खरेल

१९ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल  –  सुरज खरेलको अध्यक्षतामा रोटरी क्लब अफ सेन्ट्रल रुपन्देही गठन भएको छ । जसमा इलेक्ट प्रेसिडेन्ट कुल थापा , नोमिनी प्रेसिडेन्ट पप्पु गुप्ता , सचिब चिरन अर्याल , कोषाध्यक्ष मोहन केसी सहसचिब चिन्तामनी सुबेदी , सह-कोषाअध्यक्ष क्षितिज भण्डारी लगायत ४८ सदस्यिय समिती रहेको छ ।

कार्यक्रममा सुरज खरेल, पप्पु कुमार गुप्ता र कुल बहादुर थापाले समान दस हजार युएस डलर गरी संयुक्त तिस हजार युएस डलर  प्रोजेक्टको लागि सहयोग गर्नुभएको छ । मेजर डोनर लिएवापत क्लबको रोटरी पिन हस्तान्तरण गरिएको थियो ।

मेजर डोनर सुरज खरेल, पप्पु कुमार गुप्ता र कुल बहादुर थापाको परिवार !

साथै उक्त कार्यक्रममा सेन्ट्रल रुपन्देहीको मेगा प्रोजेक्टको घोषणा गरिएको थियो । उक्त प्रोजेक्टले अटिजम , स्पाइनल् कोर्ड इनजुरी , स्टिम थेरापी , ट्रेनिङ , फेलोशिप लगायतका कार्यक्रम समाबेश गरिएको छ । रोटरी क्लब अफ सेन्ट्रल बुटवलको पाचौ चार्टर नाईट बुटवलमा सम्पन्न भएको छ । एक समारोहका बिच शनिबार कार्यक्रमको रोटरी क्लब ईन्टरनेश्नलका पिडिजि बासुदेव गोल्यानले उद्घाटन गर्दै सामाजिक कार्यमा युवाहरुको योगदान महत्वपूर्ण रहेको बताए ।

रोटरी क्लब अफ सेन्ट्रल रुपन्देहीको टिम मेम्बर

कार्यक्रममा एजी अारसि अाचार्यले क्लब खोल्ने भन्दा पनि समाजमा लक्ष्य अनुसार गर्ने काम महत्व राख्ने बताए । नया क्लबहरु खुल्ने क्रम जारि रहेको र मेघा प्रोजेक्ट खोल्ने क्रम समेत रहेको भन्दै अाफ्नो प्रोजेक्टप्रति लाग्न उनले सुझाव दिए । हरेक अभियानमा धेरै चुनौतीहरु हुने भन्दै यसमा निरन्तरता दिनसकेमात्र सफलता हासिल हुने बताए । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले विकसित देशहरुमा छोटो समयमा ठुला परियोजना गर्न सम्भव हुने उदाहरणबाट पाठ सिक्नुपर्ने भन्दै उनले नगरको विकास थालेको बताए ।

चार्टर सर्टिफिकेट ग्रहण गर्दै प्रेसिडेन्ट सुरज खरेल

रोटरी क्लब अफ सेन्ट्रल लमहीका अध्यक्ष रबिलाल अाचार्यले लमही क्षेत्रका समस्यामा रहेका विरामीहरुलाई लक्षित गरि खोलिएको डायलसिस सेन्टरबाट स्थानिय बिरामीहरु लाभान्वित भएको बताए । कार्यक्रममा एजी गोपाल न्यौपाने, रोटरी क्लब ईन्टरनेश्नलका पिडिजि बासुदेव गोल्यानले आफ्नो मन्तब्य राखेका थिए । क्लबका अध्यक्ष राजेन्द्र कार्कीको नेत्रुत्वमा सुबिधासम्पन्न एम्बुलेन्स गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष रोटरियन एजाज अालमलाई हस्तान्तरण गरिएको थियो । रोटरी क्लब अफ सेन्ट्रल रुपन्देहीका सह कोषाध्यक्ष क्षितिज भण्डारी रोटरीमा नव पर्वेसी रोटरियन हुनुहुन्छ । उहाँले रोटरियन भएर धेरै कुरा सिक्न पाएकोमा खुशी ब्यक्त गर्नु भयो । उहाँले रोटरी मार्फत सामाजिक सेवा गर्ने लक्ष्य लिएको बताउनुहुन्छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया