प्रधानमन्त्री ओली एमसीसीबारे निर्णय गर्न ढिला नगर्ने

१९ माघ २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया

File

काठमाडौं – प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले अमेरिकन च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय गर्न ढिला नगर्ने बताएका छन् ।नेकपाको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले समिति समेत गठन भएको भन्दै एमसीसीबारे निर्णय गर्न ढिला नहुने बताएका हुन् ।बुधबारदेखि सूरु भएको केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यले अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्न नहुने र विज्ञ समिति बनाएर त्यसबारे निर्णय हुनुपर्ने सुझाव दिएका थिए ।

केन्द्रीय समितिमा एमसीसीको मुद्दा चर्कोसँग उठेपछि आइतबार बिहान बसेको सचिवालय बैठकले तीन सदस्यीय समिति बनाउने निर्णय गरेको थियो जसलाई केन्द्रीय समितिले अनुमोदन गरेको छ ।कार्यदललाई दस दिनमा प्रतिवेदन पेस गर्न समय दिइएको छ। नेकपा बरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको कार्यदलमा स्थायी समिति सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया