जनताको शान्ति र सुरक्षाको जिम्मा लिएका प्रहरी अधिकारी नै बलात्कारी

प्रकाशित मिति:

काठमाडौं – जनताको शान्ति र सुरक्षाको जिम्मा लिएर बसेको प्रहरी प्रशासन नै बलात्कारजस्तो जघन्य अपराधमा संलग्न भएको खुल्न आएको छ । बलत्कारको आरोप लागेका संघीय प्रहरी कार्यालय धरानका प्रमुख निलम्बित एसएसपी शौरभ राणाले आत्मसर्मपण गरेका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएर उनले आ’त्मसर्मपण गरेको खबर बाहिर आएको छ ।

प्रहरीले जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिए पश्चात राण आइतबार आफैं जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भए । राणा प्रहरी सम्पर्कमा आए पश्चात घटनाको अनुसन्धान गर्ने मार्ग खुलेको छ । उनीमाथि झापाकी एक महिलाले आफूलाई पटक–पटक बल’त्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा ज’बरज’स्ती क’रणी मुद्दा दर्ता गरेकी थिइन् । घटनापछि गृहमन्त्रालयले राणालाई पदबाट शुक्रबार निलम्बन गर्यो ।

निलम्बन परेपछि फरार रहेका राण आइतबार आफै जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएको डिएसपी विनोद शर्माले जानकारी दिनुभयो । उनलाई अनुसन्धानका लागि अदालतमा उपस्थित गराई म्याद थप गरिने तयारी भइरहेको छ । झापा विर्तामोड घर भएकी लिम्बु थरकी विवाहित महिलाले राणाविरुद्ध जबरजस्ती करणी ऐन अन्र्तगत मु’द्दा दर्ता गरेकी हुन् । राणामाथि जिल्ला प्रहरी कार्यालय झापामा डीएसपी हुँदादेखि नै ज’बरज’स्ती गरेको आरोप छ ।