लुम्बिनी बोर्डिङमा वातावरणीय गोष्टी सम्पन्न

प्रकाशित मिति:

रुपन्देही /लुम्बिनी बोर्डिङ स्कुलको आयोजना र प्लान्ट फर प्लानेट नामक संस्थाको सहकार्यमा लुम्बिनी बोर्डिङ स्कुलको सभाहलमा आज विश्व व्यापीउत्सर्ग, वातावरण, वृक्षरोपण, प्रदुषण जस्ता अवस्था, घटनाक्रम र यसबाट मानवीय जिवनमा पर्ने प्रभाव सम्बन्धमा विद्यार्थीहरुलाई जानकार र जागरुक गराउने उद्देश्य सहित एक दिवसीय कार्याशाला (गोष्टी) सम्पन्न भएको छ । बुटवल भित्रका १० वटा विद्यालयवाट कक्षा ६ र ७ मा अध्ययनरत १०÷१० जना विद्यार्थीहरु गरि कुल ८० जना विद्यार्थीहरुलाई उपरोक्त विषयमा प्रशिक्षण दिनुका साथै उनीहरुलाई अलगअलग समुहमा विभाजन गरी सामुहिक परियोजना कार्यमा समेत समावेश गरिएको थियो ।

गोष्टीमा सहभागी विद्यार्थीहरुलाई Stop talking Start planting भन्ने प्रकरणमा प्लान्ट फर प्लानेट का तर्फबाट सन्जिव भण्डारी, चित्रकला भुषालले सहजीकरण गर्नु भएको थियो । सबै सहभागी विद्यार्थीहरु उत्सुकता पूर्वक तोकिएको विषय बस्तुमा समुह छलफलमा सहभागी भई समुह नेताले आ आफ्नो समुहको निष्कर्ष सहितको प्रस्तुतिकरण समेत गरेका थिए । कार्यक्रमको दौरानमा प्रतिकको रुपमा विद्यालय हातामा बृक्षारोपण समेत गरिएको थियो । सहभागी विद्यार्थीहरुलाई सोही विद्यालयका प्राचार्य लालहरि पाण्डेले सहभागिताको प्रमाण पत्र वितरण गर्नु भएको उक्त कार्यक्रमको समापन समारोहमा बोल्दै प्राचार्य पाण्डेले कितावबाट पढेर जानेका वातावरण विनास, यसको प्रभावलाई दैनिक जिवनमा गरिने कार्यहरु संगै सचेतना र बृक्षारोपणलाई समाविष्ट गर्दै जान सक्ने गरि अब मानसिक र शारिरिक रुपमा तयार गर्न गराउन कार्यक्रमले सहयोग गरेको कुरा दर्शाउदै सबैलाई पृथ्वीको स्यार र वातावरण संरक्षणमा सक्दो योगदान गर्न समेत अनुरोध गर्नु भएको थियो ।