जब पतिब्रता अनसूयासँग ऋषिहरुले निर्वस्त्र भिक्षा मागे‘

प्रकाशित मिति:

काठमाडौँ /अनसूया प्रजापति कर्दम तथा देवहूतिकी नौ जना छोरीमध्ये एक थिइन । उनी अत्रिमुनिकी पत्नी हुन । उनी पतिभक्ति अर्थात सतित्वको क्षमता धेरै प्रबल भएको कारण आकाशको बाटो हुँदै जाने भगवानलाइ समेत उनको सतित्वको आभास हुन्थ्यो । त्यसकारण उनलाई सतिअनसूया भन्निथ्यो ।अनसूयाले राम, सीता र लक्ष्मणलाइ आफ्नो आश्रममा स्वागत गरेकी थिइन् । उनले माता सीतालाइ उपदेश दिएकी थिइन तथा उनले अखंड सौंदर्यको एक औषधी दिएकी थिइन । सतिहरु मध्ये उनको गहना सबैभन्दा पहिलो थियो । कालिदासको ’शाकुन्तलम’ मा अनसूयाको नाम शकुन्तला नामकी एक साथी पनि थिइन् ।एक दिन ब्रह्मा, विष्णु र महेश मिलेर उनको सतित्वको परीक्षा लिने सोच बनाए । जुन कथा आफैमा एक रोचक रहेको छ ।

पतिब्रता देवी मध्ये सबैभन्दा उच्च स्थानमा अनसूयाको नाम थियो । उनी अत्रि ऋषिकी पत्नी थिइन् । उनीहरु बीचको सम्बन्धको विषयमा शास्त्रमा धेरै कथाहरु सुन्ने गरिन्छ । आश्रममा जाँदा श्रीअनसूयाजीले माता सीतालाई पतिव्रतधर्मको शिक्षा दिने गर्थिन् । एक पटक ब्रह्माणी, लक्ष्मी र गौरीका वीच सवैभन्दा सर्वश्रेष्ठ पतिव्रता नारी को हुन् भन्ने कुरामा विवाद भएको थियो ।विवादको अन्तमा यो निष्कर्ष भयो कि अत्रिपत्नी श्रीअनसूया नै सर्वश्रेष्ठ पतिब्रता भएको पुष्टि भयो । यसको परीक्षा लिनका लागि त्रिमूर्ती ब्रह्मा, विष्णु र शंकर ब्राह्मणको रुप धारण गरेर अत्रिआश्रम पुगे । अत्रिऋषि कामको शिलशिलामा बाहिर गएका थिए । अनसूयाले अतिथिको बडो आदरका साथ स्वागत गरिन् । उनीहरुले अनसूयाजीसँग हामी तब भिक्षा लिन्छौ जब तिमीले आफनो शरीरमा भएका सबै पहिरन त्यागी निर्वस्त्र भएर भिक्षा दिए मात्र भिक्षा स्वीकार गर्ने बताए ।

उनी बडो धर्म संकटमा परिन् र भगवानलाई सम्झेर भन्न लागिन् “यदि मैले पति बाहेक कहिल्यै कोही दोस्रो पुरुषलाई देखेकी छैन, यदि मैले कुनै देवताको सम्मान नगरेको भए, यदि म सदा मन, वचन तथा कर्मदेखि नै पतिको आराधनामा लागिरहेकी छु भने मेरो यो सतीत्वको प्रभावबाट तिनै जना नवजात शिशु हुन् भनिन् ।” यति भनेपछि तीनै जना शिशु बच्चा भएर श्रीअनसूयाजीको काखमा खेल्न थाले ।