विद्यालयमा भागदौड, १४ विद्यार्थीको मृत्यु

प्रकाशित मिति:

एजेन्सी – केन्याको राजधानी नैरोबी नजिक रहेको एक प्राथमिक विद्यालयमा भागदौड मच्चिदा १४ जना विद्यार्थीको मृत्यु भएको छ ।

राजधानी नैरोबीको उत्तर पश्चिममा रहेको काकामेगा प्राथमिक विद्यालयमा भागदौड मच्चिदा ४० भन्दा बढी बालबालिका घाइते भएको बीबीसीले जनाएको छ ।

सानो भर्‍याङबाट सबै विद्यार्थी एकै पटक निस्कन खोज्दा भागदौड भएको आशंका गरिएको छ । घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन ।