अस्पताल परिसरका व्यबसायिक सटर खाली गराउन प्रशासनले दियो अल्टिमेटम

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल  – लुम्बिनी प्रादेशिक अस्पताल परिसरका सटर खाली गराउनकालागि अस्पताल प्रशासनले २२ गतेसम्मको अल्टीमेटम दिएको छ । अस्पताल प्रशासनले सोमबार साँझ सुचना टाँसेर ४८ घण्टा भित्र सटर खाली गराउन सटर व्यबसायीलाई निर्देशन गरेको हो ।
प्रदेश पाँचको सामाजिक बिकास मन्त्रालयले सटर खाली गराउनकालागि अस्पताल प्रशासनलाई सोमबार नै पत्र पठाएको थियो । सोही पत्रका आधारमा अस्पताल प्रशासनले सटर खाली गराउन सूचना जारी गरेको जनाएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्रप्रसाद खनालद्वारा हस्ताक्षरित सूचनामा २२ गतेसम्म सटर खाली नगराएर त्यसको क्षेती स्वयम व्यबसायीले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ । प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालाई नमुना अस्पतालको रुपमा बिकास गर्न प्रदेशको गौरवको आयोजनाको रुपमा अंगाडी बढाउने गरी सटर हटाउन अस्पताल प्रशासनलाई पत्राचार गरको थियो । गत असार मसान्तमा सकिएको टेण्डरको पुनः टेण्डरगरी राखेका व्यबसायीले २ महिना नहुँदै आफूहरुलाई अस्पतालले हटाउन लागेको भन्दै अदालत पुगेका थिए ।

तर अदालतले अन्तरकालीन आदेश खारेज गरिदिएपछि अस्पतालका सटर भत्काउन बाटो खुलेको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको परिसरमा ७२ वटा सटर छन् । जसबाट अस्पताललाई बार्षिक झण्डै ९ करोड रुपैंया आम्दानी हुँदै आएको थियो ।

सुचना प्रकाशन सम्बन्धी सुचना पत्र