गुटबन्दीले गर्दा कांग्रेस बिग्रियो – संस्थापक सभापति जोशी

प्रकाशित मिति:

सबलपोस्ट/मकाउ –  नेपाली कांग्रेस जनसम्पर्क समिति मकाउका संस्थापक अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि अम्बिर जोशीले नेपाली कांग्रेस आम जनसमुदाय बिच अझै पनी आफ्नो निति,विचार र लोकतान्त्रिक शासन व्यवस्था प्रति उदार रहेको कारण लोकप्रिय रहेको बताएका छन्। केन्द्रमा नेताहरूबाट पटकपटक गल्ती गर्ने गुटउपगुट,भागबन्डा, र आफ्नो पक्ष विपक्ष भन्दै भागबन्डाका आधारमा टिकट बितरण गर्दा नै पाटीको विधि विधान संकटमा परेको र पाटीले चुनावमा हार बेहोर्नु परेको बताएका हुन्।

कार्यकर्ताको संरक्षण गर्न नसक्ने चुनाब जिते पनी हारेपनी गाउ नजाने र कार्यकर्ताको आत्मबल बढाउन नसक्ने व्यक्ति अब नेता पनी बन्न नसक्ने हुदा गाउ,वडा,क्षेत्र,जिल्ला तह देखी नै युवा र सक्षम नेतृत्व चयन गर्न क्रियाशील कार्यकर्ता तथा युवाहरू बिच केहि दिन अगाडि तनहुँको भानु नगरपालिका वडा नं १० को बितरण तथा कार्यकर्ता भेटघाट बिच बताएका हुन्।

क्रियाशील बितरणमा भेदभाव गर्न नहुने,कांग्रेसमा बिश्वास गर्ने र पसिना बगाउनेको सही मुल्यांकन हुनु पर्ने भन्दै तनहु जिल्लामा कांग्रेसकोको बिबाद पनी जुगाको लड़ाई भएको हुदा ज़िम्मेवार नेताहरू संगै बसी बिबाद समाधान गर्नु पर्ने र अन्यायमा परेका नेता कार्यकर्तालाई संरक्षण गर्नेु पर्ने सुझाव दिदै आफु बिदेशमा रहदा समेत काडंगेशको ईमानदार कार्यकर्ता रहेको जनसम्पर्क समिति मकाउ चिनमा स्थापना गरी हजारौ कार्यकर्ता र ७०० क्रियाशील सदस्य बितरण गरी पाटीलाई मज़बूत गर्न सहयोग गरेको स्मरण गर्दै यदी यहा कसैको छोरा,छोरी.दाजुभाई दिदि बैनीहरू बिदेशमा रहनु भए बिदेशमा रहेका जनसम्पर्क समिति तथा एनआरएन जस्तो गरिमा बोकेको संस्थामा आबद्ध हुन् अनुरोध समेत गरेका थिए।अब कांग्रेसमा झूट बोलेर,नेताको वरिपरी घुमेर मात्र नेता बन्न खोज्नेलाई तपाई हामी मिलेर महाधिवेशनमा दन्ड दिनु पर्ने र आफ्नो कार्यकर्ता र पाटीको हितमा काम गर्ने ब्यक्तीलाई जिताउनु पर्ने भन्दै जिल्ला बाट खटियका पाटी प्रतिनिधि को ध्यान आकर्षण गराउनु उनको भनाइ थियो।उक्त कार्यक्रम तनहुको भानु नगरपालिका १० साबिक चोकचिसापानी कालीमाटीमा सम्पन्न भएको थियो।

जोशीलामो समय बिदेशमा रहदा पनी पाटी र सामाजिक काममा क्रियाशील थिए। हरेक चुनावमा पाटीलाई सहयोग गर्नु आफ्नो कर्तव्य ठानेर बिदेश देखी नेपाल आउने जोशी हाल नेपाल मै बिभिन्न सामाजिक गतिविधि र पाटी संगठन म निरन्तर लागी रहेको छन्।

जिपी कोईराला फ़ाउन्डेशनका केन्द्रीय सदस्य समेत रहेका जोशी पाटीको दोश्रो जागरण अभियान होस् या बर्तमान अबश्था मा पनी पाटीको निर्देशनमा संगठन निर्माणमा गाउ गाउ जान आफु तयार रहेको बताउदै लोकतन्त्रको बिकल्प केही हुन नसक्ने र लोकतन्त्र र देशको रक्षा बिकाश निर्माण काडंगेश बाट मात्र सम्भव रहेको प्रष्ट भईसकेको बताउदै २ बर्ष सम्म कम्निष्ट सरकार ले सिन्को सम्म नभाचेको कार्यकर्ता बिच बताउनु बताएका थिए।