प्रज्वलको समाचार विश्वकै उत्कृष्ट

प्रकाशित मिति:

बुटवल – नेपालका खेल पत्रकार प्रज्वल ओलीले एआइपिएस स्पोर्ट्स मिडिया अवार्डअन्तर्गत ‘बेस्ट कोलम राइटिङ अवार्ड’ जितेका छन् ।विश्वभरका खेल पत्रकारहरुको साझा संस्था एआईपीएसले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्डको ‘वेस्ट कोलम राईटिङ’ तर्फ ओलीको समाचार विश्वकै उत्कृष्ट बन्न सफल भएको हो ।

हंगेरीको बुडापेस्टमा सोमबार राति सम्पन्न भव्य कार्यक्रमका बीच ओलीलाई अवार्ड विजेता घोषणा गरिएको हो । काठमाडौं  पोष्टका खेल पत्रकार ओलीले स्पेन र अर्जेन्टिनाका खेल पत्रकारको समाचारलाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् । अवार्डसँगै ओलीले आठ हजार अमेरिकी डलर पुरस्कार पाए । यस अवार्ड जित्ने ओली नेपालका पहिलो खेल पत्रकार हुन् ।