अछाममा कांग्रेस नेता तथा जनप्रतिनिधि धामीको हत्या

प्रकाशित मिति:

                                                            पूर्व एमालेलाई हराएका थिए वडाध्यक्षमा 

अछाम – अछाममा नेपाली कांग्रेसबाट निवार्चित पञ्चदेवल बिनायक नगरपालिका वडा नंं २ का वडाध्यक्ष पदमबहादुर धामीको हत्या भएको छ। धामीको शव नगरपालिकाको २ नम्बर वडाको उनको घर नजिकै हत्या गरेर फालिएको अवस्थामा फेला परेको हो ।

हत्या कसले र किन गर्यो भन्ने कुरा एकिन हुन नसके पनि प्रहरीलाई तत्काल अनुसन्धान थाल्न आग्रह गरिएको नेपाली कांग्रेस अछामका सहसचिव एवंम प्रवक्ता बेदप्रकाश तिमिल्सैनाले जानकारी दिए ।

घट्नाको अनुसन्धानका लागि प्रहरी टोली घट्नास्थलतर्फ गईसकेको छ। घटनाको सत्य तथ्य छानविन गरी दोषी कडा कारबाही हुनुपर्ने तिमिल्सैनाले बताए। पार्टीले पनि यस बिषयमा अनुसन्धान र खोजी गर्ने उनले बताए। ४० बर्षिय धामीको हत्या गरिएको क्षतनिक्षत शब फेला परेको थियो । हत्या गरिएका धामी तत्कालिन नेकपा एमालेका उम्मेद्धवारलाई पराजित गरि वडाध्यक्षमा निर्वाचित भएका थिए ।