अजितालाई ३ जनाले पालैपालो बलात्कार गरे, ७ हजार मागेपछि दिइनन अनी हत्या गरे

प्रकाशित मिति:

काठमाडौं – अधिकारकर्मी अजिता भुजेलको हत्यामा संलग्न भएको भन्दै पक्राउ परेका पाँचजनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–४ का १८ वर्षीय हापु भन्ने सिमोन परियार, सोही ठाउँका २४ वर्षीय घनटाउके भनिने सुशील थापा रहेका छन् । ह’त्या गरिएकी भुजेलको मोबाइल प्रयोग गरेकामा महिलासहित अन्य तीनजनालाई पनि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार भुजेललाई हेटौँडा–११ स्थित थानाभ¥याङमा ना६ख नंको ट्रकमा राखी हापु भन्ने सिमोन परियार, सुशील थापा र अन्य दुईजनासमेत मिलेर सामूहिक रुपमा यौ’न स’म्पर्क गरेको र त्यसबापत भुजेलले रु सात हजार मागेपछि विवाद भएको र गाडीमा प्रयोग हुने बिजुलीको तारले घाँटीमा क’सेर मा’रेको त्यसपछि त्यही गाडीमा राखेर छ किलोमिटर पूर्व क्याम्पाडाँडास्थित कान्तिराजपथमा फालेको उनीहरुले बताएका छन् । घटनामा संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिनुभयो ।

यही माघ ४ गते हेटौँडा उपमहानगरपालिका–५ स्थित क्याम्पाडाँडामा एउटा श’व फेला प¥यो । मृतकको शरीरमा नी’लडा’म देखिन्थ्यो भने घाँटीमा बिजुलीको तार बेरिएको र शरीर पूर्णरुपमा नग्न अवस्थामा रहेको थियो । श’व भेटिएको केहीबेरमै लैंङ्गिक, अल्प सङ्ख्यकहरुको क्षेत्रमा क्रियाशील अधिकारकर्मी अजिता भुजेल रहेको थाहा भयो । भुजेल मकवानपुरबाट तेस्रोलिङ्गीका रुपमा नागरिकता लिने पहलो व्यक्ति पनि थिइन् ।

घटनापछि प्रहरीले धेरैलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो भने केहीलाई निगरानीमा राखेरसमेत अनुसन्धान गरेको थियो । प्रहरीले घटना घटेको दिन तथा त्यसअघिका टेलिफोन विवरण, सिसी टिभीहरुमा रेकर्ड भएका भिडियो क्लिपहरु आदिको अध्ययन गरेर अनुसन्धानलाई सफल बनाउने प्रयास गरेको थियो । – जनबोली