सरकारद्वारा सीजी टेलिकमको लाइसेन्स खारेज

काठमाडौं/सरकारले चौधरी ग्रुपको सीजी कम्युनिकेशन टेलिकम प्रालिलाई प्रदान गरिएको दूरसञ्चार अनुमति पत्र खारेज गरिदिएको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै आइतबारदेखि लागू हुने गरी सीजी कम्युनिकेशनलाई प्रदान गरिएको लाइसेन्स खारेज गरिएको जनाएको छ ।सीजी कम्युनिकेशन तत्कालीन एसटीएम टेलिकम ले ७ वटा जिल्लामा ९सीमित गतिशीलतामा आधारित वायरलेस दूरसञ्चार सेवा प्रवाहका लागि भन्दै १९ माघ २०६६ मा अनुमतिपत्र पाएको थियो ।
तर, सीजीले उक्त सेवाको लागि आवश्यक पर्ने नवीकरण दस्तुर नतिरेको भन्दै प्राधिकरणले केही समय अगाडि लाइसेन्स निलम्बन गरेको थियो ।लाइसेन्स निलम्बन गरेर राजश्व दाखिला गर्नका लागि ताकेता गर्दा पनि राजश्व रकम दाखिला नगरेको भन्दै प्राधिकरणले अन्ततः लाइसेन्स नै खारेज गरिदिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया