विराटनगर/ सुन तस्करी गरेको अभियोगमा मोरङ प्रहरीले एक भारतीयलाई आज नियन्त्रणामा लिएको छ।प्रहरीले भारतको विहार राज्यको कटिहार ग्राम पञ्चायत वडा २० निवासी ६२ वर्षीय चन्दन भौमिकलाई विराटनगर भन्सार ढोकामा नियन्त्रणमा लिएको हो ।अभियुक्त भौमिकलाई सुनका दुई चुरासहित नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।