साढे २ करोडको कारोबार गर्दै सकियो क्यान मेला

प्रकाशित मिति:

बुटवल/बुटवलमा माघ १७ देखि शुरु भएको ५ दिने सूचना प्रबिधि मेला क्यान ईन्फोटेक  समापन भएको छ । आज एक समारोहका बिचमा मेलाको समापन गरिएको हो । मेलामा साढे २ करोडको कारोबार भएको र १ लाख २० हजार दर्शकले अबलोकन गरेको आयोजक क्यान रुपन्देहीको दाबि छ ।मेलामा आयोजना गरिएको ओभरनाईट ह्याकाथुन प्रतियोगिताको उपाधि एफ–शोसाईटीले प्राप्त गरेको छ । हार्ड कोरिङ् मार्फत सफ्टवेयर÷एप्लिकेशन बनाउने २४ घण्टे प्रतियोगितामा एफ–शोसाईटीका तर्फबाट प्रवशे पुडासिनी, स्वेता महर्जन, बिपिन भण्डारी र आबृत्ति श्रेष्ठ चार जना सहभागि थिए । प्रतियोगितामा प्रथम भएको एफ–शोसाईटीलाई ५० हजार रुपैंया नगद, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको छ । क्यान रुपन्देहीले आयोजना गरेको सूचना प्रविधि मेला (क्यान ईन्फोटेक)मा सञ्चालन गरिएको प्रतियोगितामा एनसी (नेपथ्य कलेज)–पिटिपी द्वितीय भएको छ ।

त्यस समुहमा तिलक पौडेल, प्रदिप बिक, अशोक धवल र प्रकाश भट्टराई सहभागि थिए । प्रतियोगितामा द्वितीय भएको उक्त टिमलाई २० हजार नगद सहित प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा आरबिसी लेक तृतीय भएको छ । आरबिसी लेकको तर्फबाट सन्जोक ज्ञवाली, मधुसुधन भट्टराई, किसन महत र विवेश अधिकारी सहभागि भएका थिए । प्रतियोगितामा तृतीय टिमलाई १० हजार रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ । उनीहरुलाई क्यान ईन्फोटेकको समापनको अवशरमा आयोजना गरिएको कार्यक्रममा क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतम र सूचना तथा प्रविधि प्रतिष्ठान प्रदेश पाँचका प्रमुख अनुप बास्कोटाले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो । बास्कोटाले प्रदेश ५ मा बनेको सूचना तथा प्रविधि प्रतिष्ठानले सरकार नै सूचना प्रबिधिमा रुपान्तरण हुनुपर्ने बताउनुभयो ।उहाले आफ्नो नेतृत्वमा आउटलाइन तयार पारेको भन्दै नीजिक्षेत्रसंग सहकार्य गरिने बताउनुभयो ।समापनका अवसरमा क्यानका केन्द्रिय सदस्य सुदीप शर्मा,नारायण प्रसाद श्रेष्ठ, प्रदेश ५ का अध्यक्ष रोशन कडेंल,मेला आयोजक क्यान रुपन्देही अध्यक्ष रामुदेब गौतम,पुस्तक ब्यबसायी त्रिलोचन ज्ञवाली, उपाध्यक्ष बिरु क्षेत्री, ,क्यान सचिब जीवन अधिकारी,सहसचिब सुरेशचन्द्र भट्टराइ, अतिरिक्त कृयाकलाप संयोजक सुदीप ढकाल लगायतले बालेका थिए ।बुटवलमा भएको इन्फोटेक उपत्यकाबाहिर सबैभन्दा उत्कृष्ट भएको प्रायोजकहरुको भनाइ रहेको छ ।कार्यक्रममा सहभागि उत्कृष्ट स्टल,प्रायोजक,उपसमितिहरु,सहयोगी,पत्रकार,निर्णायक तथा सहयोगी सबैलाइ सम्मान गरिएको थियो ।