सार्वजनिक भयो ‘प्रेम गीत ३’ को पहिलो गीत 

२१ माघ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
12 Shares


काठमाडौं/ यस वर्षको प्रतीक्षित फिल्ममध्येको एक फिल्म ‘प्रेम गीत ३’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मुस्ताङमा खिचिएको यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।हात्ती ढुंगामा’ बोलको गीतमा सागर आले र मेलिना राईको स्वर सुन्न सकिन्छ । यो गीत केही फरक खालको लाग्छ । गीतका शब्द हर्क साउथले लेखेका हुन् भने कल्याण सिंहले संगीत दिएका छन् ।भिडियोमा फिल्मका शीर्ष कलाकार प्रदीप खड्का, क्रिष्टिना गुरुङ, सुनील थापा लगायतको अभिनय देख्न सकिन्छ । संस्कृतिको झल्को दिने उक्त गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।

चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन छ । यस्तै फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।राजेश श्रेष्ठको डिओपीमा तयार भएको यो फिल्मलाई वनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।आसुसेन फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मलाई एक निषेधित प्रेमकथा भनिएको छ । फिल्ममा शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर गिरी, प्रेम पुरी, अनुभव रेग्मी, जीवन भट्टराई, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…