झन्डै १ महिनापछि चितवनमा नयाँ एसपीको सरुवा

प्रकाशित मिति:

काठमाडौं/विगत १ महिनादेखि नेतृत्वविहीन रहेको जिल्ला प्रहरी कार्यालय चितवनका लागि प्रहरी प्रधान कार्यालयले नयाँ प्रहरी उपरीक्षक एसपी  खटाएको छ ।प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुखको रुपमा एसपी नान्तीराज गुरुङलाई पठाएको छ ।यसअघि एसपी गंगा पन्तको चितवन सरुवा गरिएपनि उनले रमाना भने लिन पाएकी थिइनन् ।चितवन प्रहरी प्रमुख रहेका एसपी दान बहादुर मल्लको महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय काठमाडौंमा सरुवा गरिएपछि चितवनमा नयाँ एसपी गएका थिएनन् ।

प्रहरी प्रधान कार्यालयले गत गत पुस ९ गते सरुवा गरेपनि मल्लले भने झन्डै २ हप्ता पछि मात्रै चितवन छाडेका थिए ।चितवन सरुवा गरिएकी एसपी गंगा पन्त भने अब जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख भएर जाने भएकी छन् ।