ओमानविरुद्ध नेपाललाई तेस्रो सफलता

प्रकाशित मिति:

काठमाडौं /आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूको जारी खेलमा ओमानविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।टस हारेर त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको ओमानले तेस्रो विकेट पनि गुमाएको छ । ओमानका अक्विव लायस रन आउट भएका छन । उनि १२ दशमलव ३ ओभरमा १६ रनमा आउट भएका हुन । उनलाई दिपेन्द्र सिंह ऐरीले रन आउट गरेका हुन ।यो सँगै ओमानले १२।३ ओभरमा ३ विकेटको क्षतिमा मात्र ३९ रन बनाएको छ । नेपाली बलरले लगातार दबाव सृजना गरेपछि ओमानको इनिङ्स धर्माराएको छ ।

एक दिवसीय मान्यता पाएपछि घरेलु मैदानमा खेलिरहेको नेपालका लागि करण केसीले उत्कृष्ट प्रदर्शन गरेका छन । केसीले पहिलो ओभरमै ओमानको विकेट लिएर दबाव सृजना गरेका थिए ।केसीले ओमानका ओपनर जतिन्दर सिंहलाई पहिलो ओभरको अन्तिम वलमा ४ रनमा आउट गरे । सिंह ६ वल खेल्दै ४ रनामा आउट भए । केसीले नै खवार अलीलाई ५ रनमा आउट गरे । अली ६ दशमलव २ ओभरमा १५ वलको सामना गर्दै मात्र ५ रन बनाएर पेभेलियन फर्किए ।घरेलु दर्शकको साथले हौसिएको नेपाल ओमानसँग जीत हात पार्दै सन् २०२३ मा हुने विश्वकपको यात्राको प्रारम्भिक बिन्दु सुखद बनाउने सोचमा छ । यसअर्थमा आजको दिन नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ ।