पार्टीकै निर्देशनमा चल्छ सरकार

प्रकाशित मिति:

केपी ओली –  हामीले नेपाल कम्युनिष्ट पार्टी, केन्द्रीय कमिटीको बैठक सफलतापूर्वक सम्पन्न गरेका छौँ । मूलतः राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र समसामयिक प्रस्तावहरू यस बैठकमा प्रस्तुत, छलफल र पारित गरिएका छन् । पार्टी विधानमा आवश्यक संशोधन गरेर, उपाध्यक्षको चयन गरेर, सम्पूर्ण प्रस्तावहरू पारित गरेर भनिएकै मिति र समयभित्र यो बैठक सम्पन्न भएको छ । बैठकले आगामी दिनमा पार्टी कसरी अगाडि बढ्ने भन्ने दिशानिर्देश गरेको छ । पार्टीका सबै तह कसरी अगाडि बढ्नेदेखि लिएर सरकार सञ्चालनको सन्दर्भमा पार्टीले लिनुपर्ने वैचारिक राजनीतिक विचारका सन्दर्भमा पनि दिशानिर्देश गरेको छ । त्यसै गरेर सरकारले लिनुपर्ने सुशासन र विकासका नीतिहरू अथवा विविध विषयका नीतिहरूको सन्दर्भमा पनि ठोस योगदान गरेको छ ।

म देशको प्रधानमन्त्रीका हैसियतले पनि भन्न चाहन्छु, पार्टीका नीतिहरू अनुरूप वा पार्टीले जसरी निर्देश गरेको छ, त्यसरी नै सरकार चल्छ । सरकार पार्टीसँगसगै चल्नुपर्छ । पार्टीको कार्यविभाजनहरूमा पनि हामीले यसबारेमा चर्चा ग¥यौँ । अभियान सञ्चालन गर्ने कुराहरू, एकीकरणका बाँकी कामहरूलाई समयभित्रै पूरा गर्ने प्रतिबद्धतासमेत ग¥यौँ र यी प्रतिबद्धतालाई हामीले व्यवहारमा र कार्यान्वयनमा लैजानुपर्छ । अपेक्षा, आशाहरू अनेकौं हुन सक्छन् । विभिन्न प्रकारका अपेक्षा थिए पनि, बाहिर पनि झनै थिए । तिनलाई विरोध र आक्रोशमा बदल्न सकिन्छ कि भनेर कतिपयले त्यसप्रकारका प्रयास पनि गर्न खोजेका थिए, जो अनुचित थिए र अनावश्यक नै छन् ।

हामीले गरेको एकीकरण भूलचुकमा भएको एकीकरण होइन । सोची सम्झिकन गरिएको यो एकीकरण देशका बहुसङ्ख्यक जनताका हितलाई सम्बोधन गर्ने, आन्दोलनका कर्तव्य एवं अभिभाराहरूलाई आत्मसात् गर्ने गरी गरिएको हो । यो एकता त्यसै उद्देश्यमा आधारित छ । यिनै उद्देश्यमा आधारित हाम्रा नीतिहरू सही छन् । हाम्रो पार्टी सही नीति र सिद्धान्तहरूका साथ अगाडि बढेको छ । राष्ट्रियताको सवालमा हाम्रो पार्टीले कुनै भूलचुक गर्दैैन । देशको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका प्रश्न, सिमाना वा अरू कुनै पनि प्रश्नमा हाम्रो पार्टी स्पष्ट र दृढ छ । यी विषयहरूमा कुनै प्रकारको कमी हुँदैन । पार्टीको नीति र निर्देशनमा चलेको, पार्टीको नेतृत्वमा बनेको सरकारले स्वाभाविक रूपमा राष्ट्रिय हितको रक्षा गर्ने, सार्वभौमसत्ताको रक्षा गर्ने तथा स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा कुनै कमी रहन दिँदैन ।

त्यसैगरी लोकतन्त्रका सवालमा हामी कुनै प्रकारको कमी रहन दिन्नौँ । हामी लोकतन्त्रका अन्तर्राष्ट्रिय मूल्यमान्यताहरू, मानव जातिले स्थापना गरेका सर्वश्रेष्ठ प्रणाली वा प्रणालीका अन्तरवस्तुमा रहेका सबैभन्दा महìवपूर्ण कुराहरू जस्तो कि जनतामा निहित सार्वभौमसत्ता, जनताको सरकार, जनताका लागि सरकार, जनताद्वारा निर्मित सरकार, जनताका निम्ति काम गर्ने सरकार, त्यो पनि राजनीतिक अधिकार वा अधिकारको प्रश्नमा मात्र होइन, अधिकारसम्म पुग्ने अवस्था र सामथ्र्य सिर्जना गर्ने, जनताले अधिकार उपभोग गर्नसक्ने अवस्था सिर्जना गर्नसक्ने, सबैका निम्ति अवसरका कुरा, सामाजिक न्याय र समानताका कुराहरूमा सबैका लागि सुरक्षा र निर्भय ढङ्गले बाँच्न र चल्न पाउने कुरामा सरकारले सदैव जनताको पक्षमा काम गर्छ ।

आफ्नो अधिकार, अवसर र स्वाभिमानसमेतको सुरक्षा र स्वाभिमानपूर्ण जीवन बिताउन पाउने अधिकारको सुनिश्चितता, मानवअधिकारको प्रत्याभूति अथवा आज जल्दोबल्दो रूपमा रहेको वातावरणीय प्रश्न– यी सबै कुरामा सजगताका साथ हामी अगाडि बढ्छौँ । यी कुरामा हाम्रो पार्टी कुनै उग्रपन्थी, सङ्कीर्ण र उत्ताउला विचारहरूमा छैन । दक्षिणपन्थी अतिवादी विचारहरूमा पनि छैन । वैचारिक रूपमा कुनै पछौटेपनमा छैन र अग्रगामी हुने नाममा उत्ताउला प्रवृत्तिमा पनि आकर्षित छैन । हामीसँग गौरवपूर्ण सभ्यताका इतिहास, संस्कृति र परम्पराहरू छन् । हाम्रा आफ्नै गौरवपूर्ण इतिहास छन् । तिनको जगमा नै हामी आधुनिकतालाई समेटेर, सामाजिक न्याय र समानतालाई समेटेर र विकास गरेर अगाडि जाने, हाम्रो राजनीतिक प्रणाली, आर्थिक–सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र मान्यताहरू जो छन्, त्यसैअनुसार नै अगाडि बढेर हामीले सरकार सञ्चालन गर्ने र अगाडि लैजाने हो । यस बैठकबाट पनि हाम्रो पार्टीले यी सबै कुरामा पुनः प्रतिबद्धता जनाएको छ र थप स्पष्ट पनि पारेको छ । हामीले विभिन्न विषयहरू निकट भविष्यमा टुङ्गो लगाउनुपर्ने छन् । कतिपय विषयहरू जस्तो कि एमसीसीको बारेमा हामी निकट भविष्यमा टुङ्गो लगाउँछौँ ।

अहिले चीनको वुहानबाट पैदा भएको र फैलिएको नोवल कोरोना भाइरसको बारेमा विश्वव्यापी चासो र चिन्ता छ । त्यसको सम्बन्धमा सरकार अत्यन्तै सजग छ । हामीले त्यहाँबाट अहिले आफ्ना नागरिकहरू यहाँ ल्याउनु मात्र ठूलो कुरा होइन, यहाँ ल्याएपछि खुरुखुरु परिवारमा पठाउन पनि मिल्दैन । १४ दिन क्वारेन्टाइन जाँचमा अलग्गै राखेर हेरविचारको बन्दोबस्त मिलाउनुपर्छ । त्यसको आवश्यक व्यवस्था मिलाउनुपर्ने जरुरत हुन्छ । पहिले त त्यसको तयारी गर्नुपर्ने हुन्छ । कसैमा सङ्क्रमण फेला परेमा अलग्गै राखेर उपचार गर्ने अस्पतालको प्रबन्ध हामीले मिलाएका छौँ । अहिले बरु त्यहीँ सुरक्षित र उचित रूपमा राखेर हेरविचार गरिएको छ । चीनले व्यवस्थित ढङ्गले त्यसको व्यवस्था कसरी हुनसक्छ भनेर गरेको छ । करोडौँ मानिसलाई त्यहाँ खाना पु¥याउनेदेखि लिएर सावधानीका उपायहरू अपनाउने गरिएको छ । कसरी अलग्गै राख्न सकिन्छ, अलग्गै राख्ने, एकअर्कामा धेरै घुलमिल नहुने र खाना, औषधि र उपचार पु¥याएर त्यहाँ राखिरहेको छ । नेपाली विद्यार्थीहरूको जुन विशेष चासो छ, उहाँहरूलाई पनि फरक ढङ्गले क्वारेन्टाइनमा अलग्गै ठाउँमा आवश्यकताअनुसार राखेको छ । अरूभन्दा उहाँहरू आरामसँग बस्नुभएको छ ।

त्यहाँ सङ्क्रमण फैलिएला कि भन्ने चिन्ता छ, फैलिनसक्ने चिन्ता त दुनियाँभरि नै छ । र, सावधानी अपनाइएको छ । आउँदाखेरि बाटोमा कतै फेरि कसैले सङ्क्रमण बाहकको भूमिका खेल्ने स्थिति नहोस् भन्ने कुरामा पनि हामीले ध्यान दिएका छौँ, तयारी गरिराखेका छौँ । त्यसकारण धेरै आत्तिनुपर्ने आवश्यकता छैन । रुघाखोकी लागेपछि आशङ्का गनद्र्र बेग्लै कद्ररा हो, आतङ्कित बन्नु बेग्लै कुरा हो । नेपाल एकदमै त्रसित हुनुपर्ने अवस्थामा होइन तर सजग हुनुपर्ने अवस्था अवश्य छ । यो सजगताका निम्ति सबैले सानातिना कुरादेखि लिएर भिडभाडमा जाँदा मास्क लगाउने कुरामा समेत पर्याप्त ध्यान दिनुपर्छ । मास्क प्रयोग गर्ने, त्यसको आदत बढाउनेदेखि लिएर हात धुने चेतनाका कामहरू पनि बढाउनुपर्छ । यो कुरा धेरै सानोजस्तो भए तापनि रोगको रोकथामका लागि ज्यादै महìवपूर्ण कुरा हो । र, रोग सर्न नदिनका निम्ति मुख छोपेर मात्रै हाच्छ्यूँ गर्ने गर्नुपर्छ । यो योग हाच्छ्यूँबाट सर्नसक्छ, परसम्म जानसक्छ । तसर्थ एक मिटरभन्दा नजिकै मान्छेसँग नबस्ने, कुरा नगर्नेजस्ता कुरा पनि हामीले जनतामा लैजानुपर्छ । यी सब कुरा देख्दा साधारण देखिन्छन्, तर स्वास्थ्यका लागि निकै महìवपूर्ण कुरा हुन् । यसमा मात्रै होइन, अरु प्रकारका पनि भाइरसहरू आउन सक्छन् वा अरू विपत्तिहरूसँग पनि हामी सजग हुन जरुरी छ ।

हामीले खालि वैचारिक मात्र काम गर्ने, साङ्गठनिक काम मात्रै गर्ने होइन । हामीहरू सबै सामाजिक जागरणका अभियन्ता हुन जरुरी छ । सामाजिक जागरणको अभियन्ता भएर सरकारले छाउपडीका गोठहरू त भत्काउँदै हिँडेको छ तर मानसिक अवस्था वा दिमागबाट छाउपडी हटेको अवस्था छ कि छैन ? मनबाट छाउपडीको उपस्थिति हटेको छ कि छैन ? यसकारण हामीले मानसिक र भौतिक दुवै रूपमा छाउपडी हटाउने कुरामा जोड दिएका छौँ । सरकारले जोड दिएको छ, जनप्रतिनिधि संस्थाहरूबाट जोड दिइएको छ । अब हाम्रा जनवर्गीय सङ्गठनहरू खासगरी अखिल नेपाल महिला सङ्घ, विद्यार्थी र युवाले पनि यस्ता अभियान सञ्चालन गर्न जोड गर्नुपर्छ । बोक्सीविरुद्ध र छाउपडीविरुद्धका अभियान वा अरू विभिन्न अन्धविश्वास र विभेदविरुद्ध जनचेतना र जागरणका अभियान सञ्चालन गर्नुपर्छ । यसरी सामाजिक अभियन्ताका रूपमा हामीले काम गर्न जरुरी छ ।

छोराछोरी पढाउने, छोराछोरी स्कुलबाट बाहिर नआउन् भन्ने सम्बन्धमा खासगरी पछाडि परेका समुदाय, दलित भनिएका समुदाय, मुस्लिम समुदाय र समुदायगत रूपमा पछाडि परेकाहरूको सम्बन्धमा हामीले ध्यान दिनुपर्छ । ती हरेक समुदायलाई कसरी शिक्षामा अगाडि बढाउने भन्ने कुरामा ध्यान दिनुपर्छ । क्षेत्र विशेषहरूमा विभिन्न समुदाय पछाडि परेका छन्, तिनलाई कसरी अगाडि बढाउने ? जबसम्म हामीले सबै बालबालिकालाई उचित शिक्षादीक्षा दिन सक्दैनौँ तबसम्म विकासका प्रयासहरूलाई दिगो रूपमा अगाडि बढाउन पनि सक्दैनौँ भन्ने विशेष हेक्का राख्नुपर्दछ । त्यसकारण यस्ता अभियानहरू हामीले व्यवस्थित रूपमा सञ्चालन गरेर अगाडि लैजानुपर्ने खाँचो छ ।

नेकपाले अहिले केन्द्रमा सरकार सञ्चालन गरिरहेको छ । हामी दुईतिहाइमा छौँ । यसपटक राष्ट्रिय सभाको निर्वाचनले देखायो कि सम्पूर्ण ठाउँमा या त हामीले समर्थन गरेकाले जिते या हामीले जित्यौँ । अर्थात्, हामीले दुई सिट प्रदेश नं २ मा थप गरेर १६ सिटमा जित्यौँ । यसरी हाम्रो स्थिति थप बलियो भएको छ । हामीले यस स्थितिलाई शिखर हुन दिने होइन, यसलाई प्रारम्भको स्थितिमा राखेर अघि बढ्नुपर्दछ । यो हाम्रो विकासको सिँढी मात्र हो, शिखर होइन । हामी विकासको यस सिँढीबाट निरन्तर अगाडि बढ्नुपर्छ । यस ढङ्गले सही विचार निरुपण र वैचारिक छलफल हुन जरुरी छ । हामीले यो बैठकपछि हाम्रा कमिटीहरूमा वैचारिक छलफललाई तीव्रता दिनुपर्ने जरुरी छ । वैचारिक छलफलहरूमा सहीलाई सही विचारका रूपमा आत्मसात् गर्दै आजको आवश्यकताअनुसार हाम्रो पार्टी अगाडि बढ्ने कसरी हो ? तत्सम्बन्धमा केन्द्रले तय गरेका नीतिहरूमा आधारित भएर, केन्द्रका विचारमा आधारित भएर अगाडि जानका निम्ति अध्ययन कक्षाहरू सञ्चालन गर्ने, पार्टी स्कुललाई सक्रिय बनाएर अगाडि बढाउने, कक्षाहरू सञ्चालन गर्ने र विभिन्न प्रकारका पार्टी स्कुल र अरू प्रकारका तालिम सञ्चालन गर्नु आवश्यक छ ।

सरकार त पार्टी नीतिहरूअनुसार नै सबै क्षेत्रमा विकास निर्माणका कामहरू, सुशासन र भ्रष्टाचार नियन्त्रणका कुरा गरेर अघि बढ्नका निम्ति लागिपरेको छ र लाग्छ नै । कतिपय साथीहरूले भ्रष्टाचार बढ्यो भनेको सुनियो । बढेको जस्तो किन देखियो भने अहिले धेरै ठाउँमा कारबाही भएको छ । अनि ए कारबाही पो भयो भन्दै भ्रष्टाचार बढ्यो भनेर हल्ला मच्चाउने गरिएको छ । जब कि भ्रष्टाचार गर्ने यतै समातिएको छ, उतै समातिएको छ, घुस लिँदालिँदै र जनप्रतिनिधि पनि समातिएको छ भनेपछि बढेछ कि क्या हो भन्ने पनि प¥यो होला ! तर बढेको होइन, नियन्त्रण गरिएको हो । नियन्त्रणको सिलसिला जब अगाडि बढ्यो, यो प्रकट भयो, देखियो तर उल्टै बढ्यो भन्ने प¥यो भने गलत हो । खासमा यो नियन्त्रणको सिलसिला अगाडि बढेको हो ।

हामी सुशासनको बाटोमा अगाडि जाँदैछौँ । यसर्थ हामी हरेकको आचरणमा शुद्धता भन्ने कुरा मात्रै होइन, व्यवहारमा लागू गरेर नै आफ्नो आचरण वास्तवमा शुद्ध, सदाचारयुक्त र जनतालाई मनपर्ने बनाउनैपर्छ । जनतालाई मन नपर्ने, जनताले आलोचना गर्ने र नरुचाउने व्यवहार गर्नुहुँदैन । हामीले जिम्मेवारी पायौँ भने त्यसलाई सफलतापूर्वक र स्वच्छताका साथ पूरा गर्नुपर्दछ । स्वच्छताका साथ प्राप्त जिम्मेवारी पूरा गर्दा नै व्यक्तिको व्यक्तित्व पनि उठ्छ, नत्र भने त्यसले व्यक्तिलाई नोक्सान पार्छ । यी कुरामा हाम्रो ध्यान जान जरुरी छ । हाम्रो पार्टीले केन्द्र, प्रदेश र स्थानीय तहमा ७६१ वटा सरकार सञ्चालन गरिरहेको छ । ती कुनै पनि सरकार र हरेक सरकारसँग सम्बन्धित कोही पनि व्यक्ति भ्रष्टाचारमा नपरोस् ! प्रधानमन्त्रीको हैसियतमा मैले भन्नुपर्छ, भ्रष्टाचारमा कोही फेला प¥यो भने छाडिन्न । भ्रष्टाचारमा कोही फेला प¥यो भने कारबाही हुन्छ, हुन्छ । तसर्थ कोही फेला नपरोस्, यो मेरो, हामी सबैको चाहना छ ।

हाम्रा हरेक जनप्रतिनिधिले स्वच्छताका साथ र सफल ढङ्गले काम गरुन् । यसका निम्ति पार्टीले नीतिगत रेखदेख, निर्देशन, सहयोग र सकारात्मक प्रचार गर्न‘पर्छ । अहिले सरकारले धेरै सकारात्मक काम गरेको छ । त्यसको पुस्तिका पनि वितरण भएको छ । अब सम्झनामा मात्रै होइन, तपाईंहरूले आफ्नो साथमा पुस्तिका नै लगेर मैले बोलेका कुराहरूलाई हेरेर र बुझेर प्रचार गर्न सक्नुहुनेछ । किन पुस्तिका नै छापेर तपाईंहरूलाई दिएको हँु भने यहाँ के भएको छ भन्ने थाहै पाइएन भन्ने कुरा पनि उठ्यो । अब खोइ के भएको छ हामीले थाहै पाएनौँ भन्नेजस्तो स्थिति नहोस् । त्यसकारण यो यो काम भएको छ है भनेर पुस्तिका वितरण गरिएको हो । हो, पार्टीको निर्देशनअनुसार सरकारले काम गर्नुपर्दछ, अनि सरकारले गरेको कामलाई पार्टीले साथ, सहयोग र समर्थन गर्नुपर्छ । तल्ला कमिटीहरू र तलका विभिन्न निकायको सम्बन्धमा पनि प्रदेश सरकार र प्रदेश कमिटीहरूले परस्पर समन्वयमा ध्यान दिनुपर्छ ।

प्रदेश कमिटीले प्रदेश सरकारलाई त्यसैअनुसार निर्देशित गर्नुपर्दछ र प्रदेश सरकारले प्रदेश कमिटीका निर्णयहरू कार्यान्वयन गर्ने र प्रदेश कमिटीले सही ढङ्गले परिस्थितिको विश्लेषण गर्न सरकारलाई निर्देशित पनि गर्नु आवश्यक छ । यस्तै स्थानीय निकायहरूलाई निर्देशन गर्ने काम पनि सम्बन्धित कमिटीले गर्नुपर्दछ । जे होस्, हामीले पाँच दिनमा ज्यादै राम्रोसँग बैठक गरेका छौँ, छलफल गरेका छौँ र सम्पन्न पनि गरेका छौँ । देशको अपेक्षा र जनताको अपेक्षाअनुसार पार्टी एकजुट र एकढिक्का भएर अगाडि बढेको छ । तर दुःखको कुरा हो– केही सञ्चार माध्यमले हामीलाई यताको भाग र उताको भाग भनेर अत्यन्तै अपमान गरेका छन् । हामी यसको गोठभित्र, त्यसको कटेराभित्र, उसको झुण्डभित्र परेका मान्छे होइनौँ । हामी हरेक इन्डिपेन्डेन्ट (स्वतन्त्र) नेताहरू छौँ तर हामीलाई आआफ्नो स्वार्थमा मान्छेले यता र उता भनेर अखबारबाजी र प्रचारबाजी गर्ने, विभिन्न मान्छेका टाउका टाउकाअन्तर्गत राखेर यताको भागमा यति टाउका, उताको भागमा उति टाउका भनेजस्तो गरेर अंशबण्डा गर्न खोजिएको छ । हामी देश निर्माणका लागि हिँडेको एउटा पार्टी र यसको नेतृत्वलाई एउटा झुण्डको वा यता र उताको भागमा बाँडेर प्रचार गर्नु उचित होइन ।

हरेक मान्छेसँग एउटा टाउको छ, मस्तिस्क छ, त्यसबाट विभिन्न विचार आउँछन्, विभिन्न व्यक्तिका विचार फरक पर्न सक्छन् । त्यसमा छलफल हुन्छ र छलफलबाटै एउटा निष्कर्ष निस्कन्छ । अनि छलफल हुनेबित्तिकै वा विचारहरू आउनेबित्तिकै मान्छे भाग लगाउने वा भाग लगाएर अपमानित गर्ने गलत तरिका हो । फलानो मान्छे आफैँ स्वतन्त्र होइन, ऊचाहिँ फलानाको भागको हो भन्ने भान पार्ने, त्यस खालका अनुचित कुरा प्रचार गरिनुहुन्न । हामी पार्टीका कार्यकर्ता हौँ र पार्टीभन्दा बाहेक कोही व्यक्तिका पिछलग्गु होइनौँ । त्यसो गर्न‘ पनि हुँदैन । हामीलाई त्यस ढङ्गले चित्रण गर्न‘ अत्यन्तै गलत र अपमानजनक कुरा हो । यो कुरा हामीले बुझेका छांँै, यो हाम्रो पार्टीले बुझेको छ, हाम्रो केन्द्रीय कमिटीले बुझेको छ, हाम्रो पार्टी पङ्क्तिले बुझेको छ र सिङ्गो देशले बुझेको छ ।

त्यसैकारण आज नेकपा यस हैसियतमा छ, नेकपा एकताबद्ध छ, सुदृढ छ र यो एकताबद्ध नै रहन्छ । कसैले यसलाई कुनै हिसाबले पनि तलमाथि गर्न सक्दैन । यस एकतालाई हामी अझ अगाडि बढाउँछाँै । यो एकता हामीले गरेको एकछिन वा दुईछिनको लागि, एक दिन वा दुई दिनको लागि घामछायाँ केजस्तो भन्छन् नि त्यस्तो होइन । यो खास उद्देश्यप्रति समर्पित भएर हामीले गरेको एकता हो र यो एकता अगाडि बढ्छ । अगाडि बढेर नै हामीले यसमार्फत देशको नेतृत्व गर्छौं, समृद्ध नेपाल ः सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्छौं । अब तपाईंहरू कार्यक्षेत्रमा गएर राम्रो काम गर्न‘हुनेछ र राम्रो काम गर्न‘होस् । अब पार्टीले तीनमहिने अभियान सञ्चालन गर्छ, त्यसलाई पाँच महिनाबाट तीन महिनामा घटाइएको कुरा महासचिवले भनिसक्नुभएको छ । अवधि तीन महिना नै ठीक छ र हामी तीन महिना यो अभियान प्रभावकारी रूपमा सञ्चालन गर्छौं । यसलाई बढी व्यवस्थित ढङ्गले सञ्चालन गर्न आगामी दिनमा हामी यसका समग्र कार्यक्रम र प्रस्तावहरू अगाडि बढाउँछांँै ।– गोरखापत्र 

( प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकको समापन (माघ १९) मा गर्नुभएको सम्बोधनको सम्पादित अंश ।)