गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको कार्यलयमा भेटघाट सम्पन्न

प्रकाशित मिति:

अमेरिका – गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरीकाको कार्यलयमा गैर-आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको बिधान संशोधन समितिका को-चेयर(Co-Chair) रविन ब्रजचार्य र ने.ज.स.अ. न्यु-योर्कका अध्यक्ष रोशन ढुङ्गाना द्वयलाई गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा र केन्द्रीय सदस्य प्रेम पौडेले स्वागत गर्नु भयो।

यस भेटघाटमा गैर-आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको बिधान संशोधन समितिका को-चेयर(NRN ICC By-Laws Amendment Committee Co-Chair) रविन ब्रजचार्यले आफ्नो स्पष्ट धारणा राख्दै हामी एन आर एन (NRN) मा आवद्व भएका साथीहरुले विधि-विधान मानेर कार्य गर्न जरुरी छ भन्नु भयो। ब्रजचार्य न्यु-यार्क निवासी एक ससक्त एन आर एन (NRN) अभियान्ता हुनुहुन्छ।यसै छलफलमा फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमरे ने.ज.स.अ. न्यु-यार्कका अध्यक्ष रोशन ढुङ्गानालाई चाँडो भन्दा चाँडो न्यु-यार्कको अधिवेशन गरेर निकास दिन आग्रह गर्नुभयो।

युग पुरुष स्वं गीरीजा प्रसाद कोइरालाको नाम मा फाउण्डेशन स्थापित गरेर गीरीजा वावु को योगदानलाइ देश-विदेश सम्म चिनाउँदै अघि बढेकोमा गीरीजा प्रसाद कोइराला फाउण्डेशन की केन्द्रीय अध्यक्ष सुजता कोइरालालाई रविन ब्रजचार्यले र रोशन ढुङ्गानाले धन्यवाद प्रकट गर्दै फाउण्डेशन को उद्वेश्य र लक्ष्यहरू पुरा गर्न हामी सबै कटिबध्द भएर लाग्न जरुरी छ भन्नु भयो।