बैबाहिक वार्षिउत्सवमा आश्रयबिहिनहरुसंग सहभोज

प्रकाशित मिति:

नेपालगन्ज –  ब्रतबन्ध, बिबाह, बार्षिउत्सव, जन्मोत्सव गर्दा होटल र रेष्टुरेण्टहरुमा भब्य भोज गर्ने परम्परालाई परिष्कृत गर्दै बिबाहको बार्षिकोत्सवमा दिनदुखी र आश्रयबिहिनहरुसंग सहभोजको परम्परा सुरु गरिएको छ । नेपालगन्जमा एक जना पत्रकारले आफ्नो बिबाहको २५ औ वार्षिक उत्सवका अवसर पारेर नेपालगन्ज स्थित निलसागर सेवा आश्रममा आश्रीत ७० जना आश्रितहरुलाई खाना खुवाएर मनाएकाछन् । एबिसी न्युज टेलिभिजन प्रदेश नम्बर ५ का ब्यूरो रिपोर्टर शरण कर्माचार्यले बुधवार आश्रममा रहेका ७० बढी अशक्त, बेसहारा र सडक आश्रीत नागरिकहरुलाई दिवाभोज दिएर बार्षिकोत्सव मनाएका छन् ।

३ वर्ष पहिले देखि सञ्चालनमा आएको आश्रममा ५५ जना अशक्त, बेसहारा, बुद्धबृद्धा, साहारा बिहिन महिला तथा १२ जना अनाथ बालबालिकाले आश्रय लिईरहेकाछन् । आश्रम संचालनको लाथि स्थायी आयश्रोत नभएका कारण घरभाडा तिर्न तथा नियमीत आश्रीतहरुलाई खाना, खाजा साथै लत्ताकपडामा समस्या पर्दै आएको अनश्रमका संचालक सरिता खनालले बताईन् । स्थानीय सरकारबाट प्राप्त सिमित अनुदान र स्थानीय दाताहरुको सहयोगबाट आश्रम संचालन भईरहेको छ ।

सहभोज कार्यक्रममा बोल्दै नेपालगन्जका पुराना पत्रकार पुर्णलाल चुकेले फजुलरुपमा गरिने खर्च समाजसेवामा लगाउंदा पुण्य प्राप्त हुने बताउनुभयो ।

पत्रकार महासंघ बांकेका पुर्व अध्यक्ष झलक गैरेले रचनात्मक कामको सबैले अनुशरण गर्नु पर्ने बताउनु भयो । पत्रकार शिराज खान्ले सबैले आ आफ्नो उत्सव र तिथीहरुमा सामाजीक काम गर्न सके समाजको रुपान्तरणमा सहज हुने बिचार ब्यक्त गर्नुभयो । उत्सव मनाउन आश्रम पुगेका कर्माचार्यले बृद्धबृद्धाहरुको मुस्कानमा आफ्नो माता पिताको स्मरण गराएको बताउंदै सामाजीक काम गर्न प्रेरित गर्ने अगुवाहरुलाई धन्यबाद ब्यक्त गर्नुभयो ।

आश्रमका संचालक अमन सुबेदीले सडकमा बेसहारा बनेर बस्न बाध्य आश्रयबिहिनहरुको जिम्मसरकारले लिनुपर्ने बताउंदै असहाय, अशक्त, बेसहारा,अभिभावक बिहिन सडक आश्रीत मानव ा मुक्त समाज बनाउने सरकारको अभियानलाई आफुहरुले सफल बनाएरै छाड्ने बताउनु भयो । निलसागर सेवा आश्रमले बांके, बर्दिया र दाङमा सडक आश्रित मानव मुक्त समाज बनाउने अभियान संचालन गर्दै आएको छ । बांकेको खजुरा, कोहलपुर र नउालगन्ज उपमहानगर सडक आश्रित मानव मुक्त पालिका घोषणा भई सकेकाछन् भने फाल्गसन भित्र दाङका ३ वटा नगर पालिकामा घोषणाको तयारी भईरहेको सेवा आश्रमकी अध्यक्ष सरिता खनालले बताउनु भयो ।