गुल्मीमा खेलकुदको नव निर्मित कभर्डहल उद्घाटन

२२ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
18 Shares


रमेश विश्वकर्मा/गुल्मी –  माघ २२ र जिल्ला खेलकुद विकास समिति गुल्मीको नव निर्मित कभर्डहल तथा भवन उद्घाटन गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासम निर्माण भएको नव निर्मित कभर्डहल तथा भवन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीद्वारा बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । नव निर्मित कभर्डहल तथा भवनको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले खेलकुदले स्वास्थ्यको लागि र राष्ट्रको पहिचानको लागि मात्र नभएर समुदायको बीचमा सम्बन्ध विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । खेलकुदले संस्कार निर्माण गर्नको लागि पनि निकै मदत गर्ने दाबी गरे ।

खेलकुदले सम्पूर्ण बिभाजित बिषयहरुलाई बिर्सने गराउछ । अनि हामी सबै नेपालीहरुलाई भावनात्मक रुपमा एक हुने सिर्जना गरेको मन्त्री ज्ञवालीले बताए । त्यस्तै उनले देशको पहिचान र छबि निर्माण गर्नका लागि खेलकुद एउटा प्रभाबकारी माध्यम बन्न सक्ने दाबी गरे ।

गुल्मी जिल्लाले विगत देखि अहिलेसम्म खेलकुद क्षेत्रमा छुट्टै पहिचान बनाएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले भने, नेपालले खेलकुद क्षेत्रमा केही हदसम्म लगानी गर्न सक्यो भने खेलाडीहरुको प्रबल सम्भावना रहेको प्रमाण दक्षिण एशियाली खेलकुदको समारोहले देखाएको छ ।ुखेलकुदलाई आफ्नो संस्कृती र जिवनशैलीको रुपमा विकास गर्नुपर्छ भन्ने सरकारले नीति बनाएको बताए । त्यस्तै प्रदेश र स्थानीय सरकारले पनि खेलकुद क्षेत्रमा लगानी गर्न मन्त्री ज्ञवालीले आग्रह गर्दै भने,ुअन्य विकास निर्माणमा जसरी हामीले लगानी गर्छौ, त्यसरी नै खेलकुद क्षेत्रमा पनि लगानी गर्नुपर्छ।ु

कभर्डहल तथा भवन ५० लाखको लागतमा निर्माण भएको कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए । उनका अनुसार नव निर्मित भवनमा पाँचवटा सटर पनि निकालिएको छ । ती सटर भाडामा लगाईएको बताए कार्यालय प्रमुख विश्वकर्माले भने,ुसटरबाट वार्षिक १३ लाख ५३ हजार ६० रुपैयाँ लिने भएका छौ । पहिलेको भवन जीर्ण भएको हुनाले पानी चुहिने खालको थियो । नयाँ भवन निर्माण भैसकेपछि धेरै सहजता भएको बताईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मनकारी घरबेटी : जसले काठमाडौमा रहेको घरको भाडा नलीने
  • मनकारी घरबेटी : जसले १६ सटरको भाडा नलीने
  • शिर्जनशिल बहुउद्देशीय क्लव द्धरा मास्क र साबुन वितरण
  • अधिवक्ता कृष्ण पोखरेल द्धारा घर भाडा छुट दिने घोषणा ।
  • नेविसंघले वितरण गर्यो सन्चारकर्मीलाई मास्क, स्यानिटाइजर, र ग्लोब्स
  • कोरोनाको रोकथाममा सरकार गैरजिम्मेवार बनेकोप्रति नेकपा नवलपुरको आपत्ति
  • वली सरकार जनताको जनजीविका र स्वास्थ्यप्रति गम्भीर बनेन : सङ्गम,…
  • सहायताको नाममा चन्दा उठाउन र आँफूखुसी वितरण गर्न नपाईने :…
  • काग्रेस प्रवक्ताले भने संकटका नाममा भ्रष्टचारले उन्मुक्ति पाउनुहुन्न
  • धुर्कोटका ६० अति विपन्न परिवारलाई राहत वितरण