हिमचुलीद्धारा सुत्केरीलाई राहत

प्रकाशित मिति:

भैरहवा – शेयर सदस्यहरुको हितमा बिभिन्न सामाजिक कार्य गर्दै आएको हिमचुली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सुत्केरी हुने सदस्यलाई ५ हजार सहित पोषण सामाग्री बितरण गरेको छ ।

हिमचुलीको शेयर सदस्य बेलमाया सुवेदीलाई संस्थाले सुत्केरी राहत बितरण गरेको छ । बुधबार एक कार्यक्रमको बिच संस्थाका अध्यक्ष बसन्त कुमार लाल कर्णले सुवेदी तथा उनका पति गोपाल कंडेललाई ५ हजारको चेक सहित आमालाई पोषण युक्त सामाग्री तथा नवजात शिशुलाई कपडा बितरण गरेका हुन । बितरण कार्यक्रममा बोल्दै कर्णले राहत परिमाण थोरै भए पनि यसले सुत्केरी हुने महिलालाई प्रोत्साहन गर्ने बताए । उनले हिमचुली शेयर सदस्यहरुको सुख र दुखमा उनिहरुको साथ छ भन्ने महशुश गराउन पनि यो कार्यक्रम ल्याईएको बताए ।

संस्थामा आवद्ध शेयर सदस्यहरुलाई २ पटक सम्म सुत्केरी राहत प्रदान गरिने निर्णय भएको संस्थाका उपाध्यक्ष बेचन प्रसाद गुप्ताले जानकारी दिए । उनले सुत्केरी राहत मात्र नभई प्रत्येक शेयर सदस्यहरुको जिवन बीमा, मेडिकल बीमा, दुर्घटना बीमा समेत गराइएको बताए । भैरहवामा मूख्य कार्यालय रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान, फलफुल बितरण, निशुल्क पानी बितरण लगायतका सामाजिक उत्तरदायित्वका काम गर्दै आएको छ । संस्थाका अध्यक्ष बसन्त कुमार लाल कर्णको अध्यक्षतामा सम्पन्न सुत्केरी राहत बितरण कार्यक्रम सम्पन्न भएको थियो ।