बालुवाटार जग्गा दर्ता प्रकरणको मुद्दा विशेष अदालतमा दायर गरिदै

प्रकाशित मिति:

काठमाडौं  – निकै चर्चामा रहदै आएको बालुवाटार ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कार्यमा संलग्न व्यक्ति विरुद्ध कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

जग्गा अनियमिततामा संलग्न तत्कालिन मन्त्री र कर्मचारीमाथि कारबाहीको माग गर्दै अख्तियार आरोपपत्र लिएर विशेष अदालत पुगेको हो । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले अख्तियारको आरोपपत्र अदालत आइपुगेको र फाईलहरु रुजुभईरहेको जानकारी दिनुभयो ।