आत्मनिर्भर बन्दै ग्रामीण महिला

प्रकाशित मिति:

भैरहवा – संघियता संगै बिशेष गरि स्थानिय तहमा परिचालित हुने लक्षित वर्गको बजेट सदुपयोग हुदा लक्षित बर्गहरु लाभान्वित हुदै गएका छन् । बिभिन्न चेतनामूलक बिकास संगै लक्षित वर्गको आय स्तर उकास्न आय मूलक तालीमहरुले बिशेष गरि महिलाहरु हौसिएका छन् ।
देवदह नगरपालिकाको ग्रामीण क्षेत्रका महिलाहरु पनि अहिले आय तथा सीपमूलक तालीममा ब्यस्त रहेका छन् । तालीम लिएर आफै आत्मनिर्भर बन्ने अठोठका साथ उनिहरु अहिले चुरापोते बनाउन सिक्न ब्यस्त भएका हुन ।

देवदह नगरपालिका वडा नम्बर १२ ले आफ्ना वडामा रहेका महिलाहरुको आय स्तर उकास्नका लागी वडामा रहेको २२ जना महिलाहरुलाई चुरापोते बनाउने सीप प्रदान गरेको छ । वडाका बिपन्न, आदिवासी, दलित महिलाहरुलाई छनौट गरि उनिहरुलाई १० दिने तालीम प्रदान गरिएको वडा नम्बर १२ का वडा अध्यक्ष बाबुलाल यादवले बताए ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ मा रहेको आरम्भ नेपालको ब्यवस्थापनमा भएको तालीममा चुरापोते कसरी बनाउने, यसको बजार, ग्रमीण महिलाहरुको लागी उसको उपयोगिता लगायतको बिषयमा जानकारी प्रदान गरिएको संस्थाकी अध्यक्ष लक्ष्मी गुप्ताले बताईन ।
तालीमकी प्रशिक्षार्थी आफै लगाउन तथा ब्यपार गर्न समेत तालीमले सहज पार्ने बताईन । उनले तालीममा २२ जना सहभागी भए पनि टोल छिमेकका अन्य साथीहरुलाई पनि यसबारे सीप दिई सामुहिक रुपमा यसको ब्यवसाय गर्ने सोच रहेको बताईन ।

वडा नम्बर १२ अन्र्तगतको ढोलबजवा, धन्छी, सुकरौली, धन्छा लगायतका क्षेत्रबाट महिलाहरुले तालीममा सहभागीता जनाएका थिए । कार्यक्रममा पिंकी गुप्ताले सहजीकरण गरेकी थिईन । उनले बजारमा सहजै पाईने कच्चा पदार्थबाट बनाइएको चुरापोतेलाई बजारमा राम्रो मूल्यमा बिक्रि गर्न सकिने बताईन । तर यसको लागी सहभागीहरुले सिकेको ज्ञानलाई ब्यवहारमा उतार्न भने आवश्यक रहेको उनको भनाई थियो ।