तिलोत्तमा सिपमुलक मन्टेश्वरी, सिलाईकटाई र ब्युटी पार्लर तालिम संचालन

२२ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


तिलोत्तमा/तिलोत्तमा नगरपालिका वडा न ९ द्वारा संचालित लागि सिपमुलक मन्टेश्वरी, सिलाईकटाई र ब्युटी पार्लर तालिमको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै महिलाहरूलाई सिपमुलक तालिमद्वारा दक्ष बनाई रोजगारको बाटो खुलाउने र आर्थिक रुपमा सबल बनाउने योजना रहेको कार्यक्रमकी प्रमुख अतिथि तिलोत्तमा नगर उप-प्रमुख जगेश्वर देवि चौधरीले बताउनुभयो । नगरपालिकाले आयोजना गरेको तालिममा भन्दा बढी महिलाहरुलाई सहभागी बनाउन सफल रहेको भन्दै चौधरीले वडाध्यक्ष न्यौपानेलाई बधाई दिनुभयो । तालिमलाई सहि सदुपयोग गरी सक्षम बन्न सहभागी दिदिबहिनीलाई आग्रह गर्नुभयो ।

त्यसैगरी कार्यक्रमका अध्यक्ष तथा वडा न ९ का वडाध्यक्ष नारायण न्यौपानेले सहभागीलाई सिप सिकेर स्वरोजगार बन्न आग्रह गर्नुभयो । त्यस्तै ब्यवसाय गर्नका लागि रकम आवश्यक परेको खण्डमा नगरपालिका मार्फत महिलाहरूलाई ३५ र पुरुषहरुलाई ४५ ब्याजमा अधिकतन १० लाख रुपैयाँ उपलब्ध गराईने पनि जानकारी गराउनुभयो । फरक प्रसङ्गमा बोल्दै वडाध्यक्ष न्यौपानेले वडाभरी नै बिद्धुत आपूर्ति सहज भएकाले वडाबासी सबैलाई इण्डक्सन चुल्हो प्रयोग गर्न आग्रह गर्नुभयो ।उद्घाटन कार्यक्रमलाई वडा सदस्य अरुणा राणाले स्वागत मन्तव्य र वडा सचिब कृष्ण प्रसाद भट्टराईले संचालन गर्नुभएको थियो । ३ महिना सम्म चल्ने उक्त तालिममा वडा न ९ का ६६ जना महिलाहरुको सहभागिता रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया