डिभी एजुकेशन बिद्यार्थीको रोजाइमा

प्रकाशित मिति:

बुटवल/क्यान महासंघ रुपन्देहीले बुटवलमा संचालन गरेको क्यान मेलाको स्टल न ५२ मा राखिएको डिभी एजुकेशन बिद्यार्थीको रोजाइमा परेको छ । कलेजले संचालन गरेको लक्की ड्रमा १ हजार जनाले फारम भरेका छन् । लक्की ड्रका बिजेतालाइ डिभी एजुकेशन अन्तर्गतका सेफर्ड कलेज,टिटन र शुभश्री कलेज मा छात्रबृत्ति पाउने सेफर्ड कलेजकी प्रमुख कविता शर्माले बताउनुभयो । काठमाडौंको बानेश्वरमा रहेको सेफर्ड कलेजमा बिएमटी र एमएमटीमा अध्ययन अध्यापन हुने गर्दछ ।

टिटन इन्टरनेशनल कलेजमा प्लस टुमा बिज्ञान,मानबिकी र ब्यबस्थापन संकाय,स्नातकमा बिबिएस, बिएसडब्लु, बिसीए र एमबिएस तथा शुभश्रीमा बिबिए र बिएचएमका कोर्षहरु रहेको डिभी एजुकेशनका अध्यक्ष विश्वनाथ प्रसाद शाहले बताउनुभयो ।क्यान मेलामा राखिएको स्टलमा अवलोकन गर्ने ब्यबस्थापनमा सहयोग पुर्याउने सबैलाई कलेजले धन्यबाद समेत दिएको छ । कलेजको प्रचार प्रसार र प्रबद्र्धनमा भूमिका खेल्ने सेफर्डका बिद्यार्थी समेत रहेका बुटवलका पत्रकारहरु बिक्रम खड्का, युवराज पाण्डे,सीपी खनाल,कपिल ज्ञवाली, रुद्रहरी कुवर, टीआर शर्मा र सन्जु पौडेल, कविता पन्थी लगायतलाइ कलेजले आभार ब्यक्त गरेको छ ।