पशु उपचार तथा ब्यवस्थापन दुई दिने तालिम सम्पन्न

२२ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


नगेन्द्र केसी /शुध्दोधन गाउँ पालिका२ भुजौली स्थित साना किसान कृषि सहकारी संस्थाको आयोजनामा र साना किसान लघवित्त वित्तीय संस्था लिमिटेड बुटवलको सहयोगमा पशु उपचार तथा ब्यवस्थापन सम्बन्धि दुई दिने तालिम बुधबार संस्थाको सभाहलमा सम्पन्न भएको छ।सो समापन कार्यक्रममा साना किसान लघुवित्त वित्तीय संस्था बुटवलका प्रबन्धक कृष्णकुमारी शर्माले पशुपालन कृषकहरू यश साना किसान सहकारी ले न्युनतम ब्याजदरमा उपलब्ध गराउने र किसानलाई सहजरूपमा कृषि समाग्री हरु गाउँ पालिका शीत सहकार्य गरि उपलब्ध गराउन संस्थालाई आग्रह गर्नुभयो ।

संस्था अध्यक्ष धनकुमारी बरालको अध्यक्षतामा र साना किसान लघवित्त वित्तीय संस्था बुटवलका प्रबन्धक कृष्णकुमारी शर्माको प्रमुख अतिथ्याता सो कार्यक्रम भएको हो ।सो दुई दिने तालिमको सहजीकरण शुध्दोधन गाउँ पालिका पशु सेवा शाखाका प्रमुख बोदराज खनालले गरेका थिए ।उक्त तालिममा ४५ जनाको सहभागीता रहेको थियो ।भने संस्थाका उपाध्यक्ष रमा खड्काको स्वागतमा र संस्थाका प्रबन्धक नेत्रकुमारी सुवेदीको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियोे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया