सुद्धोधनमा ईन्सेकको अन्तरक्रिया कार्यक्रम सम्पन्न

२२ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


सुद्धोधन – खाद्य अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सुद्धोधनमा एक समारोहबीच सम्पन्न भएको छ।अनौपचारिक सेवा केन्द्र इन्सेकको आयोजनामा स्थानीय समुदायलाइ सचेत पार्दै जिम्मेवार निकायलाइ जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत खाद्य अवस्था विषयक अन्तरक्रिया शुध्दोधन गाउपालिकाको कार्यालयमा बुधबार सम्पन्न भएको हो ।

कार्यक्रममा शुध्दोधन गाउपालिका विभिन्न टोल बिकास सस्थाका प्रतिनिधि, बुद्धिजीवीहरु तथा शुध्दोधन इन्सेकका प्रतिनिधिहरुले शुध्दोधन गाउपालिकाको खाद्य शुरक्षाको अवस्था ,खाद्य समस्या र समाधानका उपायहरुको विषयमा आ आफ्नो धारणा व्यक्त गरेका थिए।अन्तरक्रिया कार्यक्रममा बोल्दै शुुुुध्दोधन गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीले खाद्यवस्तुहरु उपभोग गर्दा उपभोत्ता आफै सचेत हुनुपर्ने बताउनुभयो । आगामी दिनमा कृषि क्षेत्रमा व्यापक समस्या रुपमा रहेको बिषादी न्यूनीकरण गर्ने प्रतिबद्धता गर्दै गाउपालिकाका हरेक टोलमा गइ खाद्य शुरक्षाको विषयमा जनचेतना कार्यक्रम फैलाइने बताउनुभयो ।

सुद्धोधन गाउपालिका वडा न २ का अध्यक्ष विष्णु प्रसाद बस्यालले खाद्य शुरक्षाको न्यूनीकरणका लागि गाउपरिषदमा छ्लफल गरि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । अनौपचारिक सेवा केन्द्र इन्सेक शुध्दोधन गाउपालिका अध्यक्ष जगत सापकोटाले इन्सेकका आगामी कार्यक्रम एउटा सभाहलमा नगरी सार्वजनिक रुपमा टोल टोलमा पुगि गर्ने बतानुभयो।

अन्तर्कृया कार्यक्रम शुध्दोधन गाउपालिका इन्सेक अध्यक्ष जगत सापकोटाको अध्यक्षता ,शुध्दोधन गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुख आतिथ्यता ,वडा न २ का वडाअध्यक्ष विष्णुप्रसाद बस्यालको बिशिस्ट आतिथ्यता रहेको थियो , शुध्दोधन इन्सेकका उपाध्यक्ष कपिल अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रममा फर्साटिकर ब्यापार संघका अध्यक्ष हुमाकान्त पाण्डे ,बेलवा कृषि सहकारीका अध्यक्ष सुनिल कुमार हरिजन , शुद्धोधन ५सका समाजसेवि मोति थापा लगायत विभिन्न ब्याक्तिहरुले बिचार राख्नुभएको थियो भने कार्यक्रमको संञ्चालन सहजकर्ता बिष्णु घिमिरेले गर्नुभएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • जुम्लाको तिला गाउंपालीका मा आगलागीबाट २५ घर जलेर नष्ट
  • कक्षा १२ को परिक्षाफल आउन अझ केही दिन लाग्ने
  • सुरु भयो कोरोना खोप अभियान
  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण
  • रुपन्देहीको सियारी गाउँपालिकामा खरका छाना विस्थापित गरिने
  • धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्याम्पसको १२ औँ बार्षिकोत्सव सम्पन्न