तिलोत्तमा गोल्डकप फागुनमा संचालन हुने

२२ माघ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


दिपक न्यौपाने/ बुटवल-मोफसलको पुरानो गोल्डकप मध्येको तिलोत्तमा गोल्डकपको फागुन ८ गते सुरु हुने भएको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजना र बुटवल उपमहानगपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दीर्घ बहादुर कुमार केसीले जानकारी दिए ।एन्फा टेक्निकल सेन्टर देबिनगरमा हुने प्रतियोगिताको विजेताले १० लाख ५० हजार तथा दोस्रो हुने टोलीले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सघंले प्रत्येक बर्ष पुरस्कार राशीमा बृद्धि गर्दै आएको छ । गतबर्षको विजेताले ८ लाख ८८ हजा रुपैयाँ प्राप्त गरेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटर साइकल तथा विधागत उत्कृष्ट ४ खेलाडी र प्रशिक्षकले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको तयारी अघि बढिरहेको एन्फा रुपन्देहीका निर्देशक बुद्धि गुरुङले बताए । प्रतियोगितामा विदेशी क्लब, ए डिभिजन क्लब, आयोजक र अन्य जिल्लाका केहि क्लबको सहभागिता रहने बताइएको छ । २०३१ सालमा स्थापना भएर २०३३ सालबाट शुरु भएको तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता घरेलु फुटबलको पुरानो गोल्डकप मध्येको एक हो ।तिलोत्तमा अखिल नेपाल फुटबल सघं ९एन्फा० ले क श्रेणी प्राप्त प्रतियोगिता हो । तिलोत्तमा बुटवल मात्र होइन प्रदेशकै गौरवको बिषय भएकाले सबैको सहयोग अपरिहार्य रहेको एन्फाका केन्द्रिय सदस्य समेत रहेका आयोजक समितिका संयोजक केसीले बताए । संक्षकत्व प्रदान गरेको बुटबल उप महानगरपालिकाले ८ लाख रुपैयाँ मात्र विनियोजना गर्नु दुःखद भएको बताएका छन् । प्रतियोगितामाभ झन्डै १ करोड खर्च हुने अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण