आज हल्का वर्षाको सम्भावना, पश्चिमी र पूर्वी पहाडी भू-भागमा आंशिक बदली

प्रकाशित मिति:

काठमाडौं/जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नरहेको जनाएको छ ।महाशाखाले हाल देशको पश्चिमी र पूर्वी पहाडी भू(भागमा आंशिक बदली रहेको जनाएको छ । आज दिउँसो देशका पूर्वी र मध्य पहाडी भू-भागमा अपरान्ह पछि आंशिक देखि सामान्य बदली रही पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पूर्वी र पश्चिमी पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भाग सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ ।शुक्रबार देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने अनुमान गरेको छ।देशको पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।महाशाखाका अनुसार शुक्रबार राति देशका पश्चिमी भू-भाग लगायत मध्यका पहाडी भू-भागमा सामान्य बदली रही बाँकि भू(भागमा आंशिक देखि सामान्य बदली रहनेछ।देशको पश्चिमी भू-भागका थोरै स्थान साथै मध्यका एक(दुई स्थानहरुमा हल्का वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।