स्वास्थ्य समस्याका लागिे अचुक ओखती दुबो घाँस

२३ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
101 Shares


काठमाडौं- स्थानीय स्तरमा पाइने जडिबुटीको प्रवधन र प्रसोधन गर्न सके विभिन्न रोगको उपचार गर्न सकिने चिकित्सक बताउँछन् ।कस्मेटिक लगायतका विभिन्‍न सामग्रीका लागि जडिबुटी प्रयोग हुने हुँदा यसको महत्व ज्यादै रहेको आयुर्वेद चिकित्सक सबरी शाह बताउँछन् । त्यस्तै दुबोको पनि छुटै विशेषता रहेको छ ।सहज रुपमा पाइने दुबो धार्मिक कार्यमा प्रयोग गरिन्छ । यस्तै यसको औषधीय गुण पनि धेरै छ। धेरै रोगको उपचारमा प्रयोग हुने हुँदा यसलाई दुबोलाई बहुगुणीय जडिबुटीको रुपमा चिन्ने गरिन्छ ।दुबोको उपयोगीता १) आँखाको रोग – हरियो दुबोको रस निकालेर मनतातो गरी तताएर आँखा बाहिर लगाउनाले आँखा चिलाउने, दुख्ने र पाक्ने समस्या कम हुन्छ ।

२) नाथ्री फुटेमा – दुबोको ताजा रसको थोपा थोपा गरी नाकमा राख्ने गरेमा पनि रगत बग्न कम हुन्छ । दुबोको रसमा मिस्री मिसाई १ ग्लास पानी पिउनाले पनि केही राहत मिल्छ ।३) ग्याष्ट्रिक भएमा – दुई चम्मा दुबोको रस एक गिलास चौलानी पानीमा मिलाएर सेवन गरेमा ग्याष्ट्रिक भएका व्यक्तिलाई फाइदा पुग्ने मानिन्छ।४) पिसाब पोल्ने या पिसाबबाट रगत आएमा – दुई चम्चा दुबोको रस मिस्रीमा पानीमा मिसाइ दिनको तीनदेखि चारपटक पिउनाले पिसाब समबन्धी समस्यामा कम हुन्छ ।५) धातु या गर्मी – दुबोको जरा दूधसित पिसेर खानाले धातु या गर्मी हुनबाट जोगाउँछ ।६) पाइल्स – दुबोको लेप सम्बन्धित ठाउँमा लाउनले पनि पाइल्स निको हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया