लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सटरहरुमा डोजर

२३ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


सबलपोस्ट / बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सटरहरु डोजर चलाएर भत्काउन शुरु गरिएको छ । अस्पताल प्रशासनले दिएको समय अवधिभित्र व्यवसायीहरुले सटर खालि नगरेपछि प्रहरीको सहयोगमा बिहीबार बिहानै डोजर चलाइएको हो । डोजर चलाउन ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।प्रदेश ५ सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका सटर भत्काएर पर्खाल लगाउने र बगैंचा बनाउने बताएको छ ।

पाँच वर्षका लागि सम्झौता गरेको तीन महिनामै प्रदेश सरकारले अस्पतालका सटर खाली गर्न भनेपछि व्यवसायीले करार सम्झौता परिपालनाको माग गर्दै अदालतको ढोका ढकढकाएका थिए । जिल्ला अदालतले व्यवसायीको विपक्षमा फैसला गरेपछि मुद्दा सर्वोच्च अदालतसम्म पुगेको छ ।

अस्पताल प्रशासन र प्रदेश ५ सरकारलाई विपक्षी बनाएर २६ सटर व्यवसायीका तर्फबाट यज्ञप्रसाद सापकोटाले फागुन २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले दुवै पक्षलाई आगामी फागुन १ गते छलफलमा बोलाएको छ । तर मुद्दाको अन्तिम किनारा नलाग्दै अस्पतालले बिहीबार बिहानै डोजर चलाएर सटरहरु भत्काएको छ ।अस्पतालमा ७३ वटा सटरमध्ये दुई वटा साझा ९सरकारी० औषधि पसल बाहेक अन्य सटरहरुमा ६३ करोड रुपैयाँ लगानी भएको व्यवसायीहरुको दावी छ ।

गत कात्तिक १८ गते प्रदेश ५ को मन्त्रिपरिषद बैठकले अस्पतालका सटरहरु मंसिर मसान्तसम्म व्यवसायी आफैंले खाली नगरे डोजर लगाएर भत्काउने निर्णय गरेको थियो । त्यसविरुद्ध परेको मुद्दामा जिल्ला अदालत रुपन्देहीले व्यवसायीको विपक्षमा फैसला गर्‍यो । जिल्ला अदालतको फैसलासँगै अस्पताल प्रशासनले यही माघ २२ गतेसम्मको समय दिएर ४८ घण्टाभित्र सटर खाली गर्न अल्टिमेटम दिएको थियो ।

अस्पतालले २०७५ फागुन २८ गते गोरखापत्रमा निकालेको सार्वजनिक सूचनाअनुसार ६१ जना व्यवसायीले र २०७६ जेठ २८ गतेको सूचनाअनुसार १२ जना व्यवसायीले पाँच वर्षका लागि भाडा सम्झौता गरेका थिए । अस्पतालका सटरबाट अस्पताललाई वार्षिक ९ करोड आम्दानी हुँदै आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • जुम्लाको तिला गाउंपालीका मा आगलागीबाट २५ घर जलेर नष्ट
  • कक्षा १२ को परिक्षाफल आउन अझ केही दिन लाग्ने
  • सुरु भयो कोरोना खोप अभियान
  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण
  • रुपन्देहीको सियारी गाउँपालिकामा खरका छाना विस्थापित गरिने
  • धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्याम्पसको १२ औँ बार्षिकोत्सव सम्पन्न