तपाईंलाई थाहा नभएका किवीका फाइदा

२३ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


किवी अत्यन्त लोकप्रिय फल हो । स्वादिलो यो फल खानेहरु धेरै हुन्छन्, तर यसबाट हुने फाइदाबारे जानकार कमै होलान् । जे होस्, यो फल खाँदा हुनसक्ने चार फाइदाबारे जान्नु राम्रो नै हुनेछःघाउलाई थप बिग्रनबाट जोगाउँछ – भिटामिन सी भरपूर मात्रामा पाइने भएकाले किवीले एन्टी–अक्सिडेन्टको काम गर्छ । यसले हाम्रो शरीरलाई विभिन्न इन्फेक्सन बनाउने कामबाट मुक्त राख्छ ।कोलेस्ट्रोल कन्ट्रोल गर्छ – किवीले कोलेस्ट्रोल कन्ट्रोलमा पनि ठूलो सहयोग पुर्याउँछ । यसको नियमित सेवन गर्ने हो भने शरीरमा कोलेस्ट्रोल बढ्न पाउँदैन ।

यसले मुटुसँग सम्बन्धी विभिन्न रोग लाग्नबाट पनि बचाउँछ ।जोर्नी दुख्ने समस्या भएकालाई फाइदाजनक – किवीमा यस्तो गुण हुन्छ जसले अर्थराइटिस (बाथरोग) भएका बिमारीहरुलाई सहज बनाउँछ। जोर्नी दुख्ने समस्या भएका व्यक्तिहरुलाई यसले निकै ठूलो फाइदा गर्छ । यसले शरीर भित्र भएका अन्य समस्याहरुबाट पनि दुःख मुक्त गराउन धेरै सहयोग गर्छ ।कब्जियत हुन दिँदैन – किवीमा फाइबरको मात्रा निकै धेरै हुन्छ । किवीको नियमित सेवनका कारण कब्जियत समस्या भएकाहरुलाई यो रोगबाट मुक्तिसमेत मिल्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया