दुखद खबर: टिपरले मोटरसाइकललाइ ठक्कर दिँदा दुईको मृत्यु

प्रकाशित मिति:

काठमाडौं/कलंकीको अण्डरपासमा टिपरको ठक्करबाट दुई जानाको ज्यान गएको छ । प्रहरीको अनुसार गएराति एकै दिशातर्फ जाँदै गर्दा मोटरसाइकललाइ टिपरले ठक्कर दिएको थियो ।

ठक्करपछि गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।उनीहरु प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकलमा सवार थिए । ठक्कर दिने टिप्परको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।