कसरी लेडी गागाले आफ्नो शरीरको ख्याल राख्छिन्?

२३ माघ २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


मोहक सांगीतिक प्रस्तुतिका चर्चित छिन्, लेडी गागा। आफ्ना स्टेज पर्फर्मेन्सलाई उत्कृष्ट बनाउन उनी आफ्नो शरीरलाई पनि उत्तिकै ध्यान दिन्छिन्।कसरी लेडी गागाले आफ्नो शरीरको ख्याल राख्छिन्? यसबारे उनका योग प्रशिक्षक त्रिसिया डोनेगनले खुलाएका छन्। उनी प्रशिक्षक डोनेगनसँग हालसम्म पनि योग सिकिरहेकी छिन्।विशेषतः लेडी गागाको योगाभ्यास ‘विक्रम योग’मा केन्द्रित छ। विक्रम योग तातो कोठाभित्र गरिन्छ। यसमा पनि प्रचलितमध्येकै २६ वटा आसन नै प्रयोग गरिन्छ तर यो थप कठोर हुने गर्दछ।अझ प्याडलबोर्डमा यसरी योगको आसन गरिरहेको फोटो लेडी गागाले सामाजिक सञ्जालमा सेयर गरेकी छिन्।यससँगै उनी आफ्नो फिटनेस ट्रेनर हार्ली पास्टरनाकसँग पनि एकल अभ्यास सत्र गर्छिन्।साताको पाँचपटकसम्म लेडी गागा फिटनेसका लागि अभ्यास गर्छिन्। प्रत्येक अभ्यास सत्र ३५ मिनेटसम्म चल्छ। लेडी गागाको स्टेज प्रस्तुति नै उनका लागि मुटुको पर्याप्त अभ्यास हुने पास्टरनाक बताउँछन्।गागा प्रायः डम्ब बेल वा अन्य भारी सामग्रीमा मात्र केन्द्रित हुँदिनन्, बरु उनी पूरै शरीरलाई ‘फिट’ राख्न अभ्यास गर्छिन् र, शरीरलाई सुन्दर ‘टोन’ दिन केन्द्रित हुन्छिन्। हातको अभ्यासअन्तर्गत ट्राइसेपका लागि उनी डम्ब बेललाई टाउकोमाथिबाट लगी व्यायाम गर्छिन् भने काँधलाई आकारमा राख्न पनि डम्ब बेल हातबाट पर उचाली व्यायाम गर्छिन्।आफ्नो एब्स अर्थात् मांशपेसीका लागि लेडी गागा रसियन ट्वीस्ट, रिभर्स क्रन्च, डम्बबेल साइड बेन्ड र बाइसाइकल क्रन्च गर्छिन्।यसले उनको एब्सलाई सबैतर्फबाट तन्काउँछ।ढाडका लागि उनी अर्कै किसिमले व्यायाम गर्छिन्।

स्केटर लन्जेज र अन्य बल–केन्द्रित वर्कआउट पनि गर्छिन् उनी।यसअघि सन् २०१७ मा उनले टीआरएक्सको ट्रेनिङ पनि लिएकी छिन्।यसअन्तर्गत शरीरलाई डोरीले झुण्ड्याएर शक्ति, सन्तुलन, लचिलोपन र स्थिरता अभ्यास पर्छ। प्रायः हवाइ सेनाले यस किसिमको अभ्यास गर्छन्।लेडी गागाले भर्साक्लाइम्बर मेसिनको पनि प्रयोग गर्छिन्। यस व्यायाममा पर्खाल चढ्नेजस्तै गरी पूरै शरीरको अभ्यास गरिन्छ। यस मेसिनमा अभ्यास गर्दै उनी गाउने पनि गर्छिन्।को हुन् लेडी गागा? लेडी गागा अमेरिकाकी चर्चित पप गायिका, लेखक तथा अभिनेत्री पनि हुन्। उनको जन्म सन् १९८६ मा अमेरिकाको न्युयोर्कमा भएको हो। उनी सन् २००१ देखि अहिलेसम्म संगीत क्षेत्रमै क्रियाशील छन्।उनी पिता जोसेप जर्मानोटा र आमा सिन्थिया जर्मानोटाको जेठी छोरी हुन्। उनकी एक बहिनी छन्। सन् २०१६ मा उनी संगीतबाट विश्वकै सबैभन्दा बढी कमाइ गर्ने गायिका भएकी थिइन्।उनी परोपकारी काम, सामाजिक अभियान र समलिंगी अधिकारका लागिसमेत क्रियाशील छन्। उनको परिवारले दिएको नाम स्टेफानी जोएनी एन्जेलिना जर्मानोटा भए पनि पछि उनी ‘लेडी गागा’को नामले चर्चित भइन्। माइकल ज्याक्सन, द बिटल्स आदि कलाकारको गीत–संगीत सुनेर उनको संगीतका पारम्भिक दिन बितेका थिए।लेडी गागाले ११ ग्रामी अवार्ड, एकेडेमी अवार्डलगायत विभिन्न प्रतिष्ठित पुरस्कार पाइसकेकी छन्। लेडी गागाको प्रसिद्घिबारे अध्ययन गरेका युनिभर्सिटी अफ साउथ क्यारोलाइनाका प्राध्यापक म्याथ्यु डिफ्लेमले उनलाई ‘लेडी गागा एन्ड द सोसियोलोजी अफ द फेम’ टाइटल दिएका छन्।आइबी टाइम्सबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया